Breaking News : भागरथीसँग अभियुक्त दिनेशको डीएनए ‘म्याच’
बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका ७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको भजाइनल स्वाबसँग अभियुक्तको डीएनए ‘म्याच’ खाएको छ ।
प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा गरिएको परीक्षणमा अभियुक्त १६ वर्षीय दिनेश भट्टको डिएनए र भागरथीको भजाइनल स्वाब मिलेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
दिनेशलाई पुर्पक्षका लागि बाल सुधार गृह डोटीमा राखिएको छ । यसअघि दिनेशले सुधारगृहमै रहेका बेला आफ्ना बुवालाई आफूले बलात्कार र हत्या नगरेको भनेर भनेका थिए ।
उनले गाउँपालिकाकै एक कर्मचारीको नाम समेत किटान गरि त्यो मान्छेले आफूलाई धम्क्याएर अपराध स्वीकार्न लगाएको बताएका थिए । तर, भागरथीसंग दिनेशको डीएन म्याच भएपछि दिनेश नै उक्त घटनामा संलग्न रहेको पुष्टि भएको छ ।
गत माघ २१ गते विद्यालय गएकी भागरथी साँझ घर नफर्केपनि खोजतलास गर्दै जाँदा माघ २२ गते स्थानीय लवलेक जंगलमा विभत्स र निर्वस्त्र रुपमा शव फेला परेको थियो ।
त्ससपछि प्रहरीले फागुन ५ गते दिनेशलाई सार्वजनिक गरेको थियो । त्ससपछि प्रहरीले दिनेशलाई २० दिन हिरासतमा राखेर थप अनुसन्धान गरेको थियो । जिल्ला अदालत बैतडीले फागुन २५ गते दिनेशलाई पुर्पक्षका लागि सुधार गृह पठाउन आदेश दिएको थियो । – सुदूर खबरबाट