डोटीमा ४ हजार बालबालिकालाई ट्रयाक सुट वितरण

913

चैत्र १२, डोटी ।
डोटीमा ४ हजार बालबालिकालाई ट्रयाक सुट वितरण गरिएको छ ।
वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र सिड नेपाल डोटीको संयुक्त साझेदारीमा संचालित एकिकृत संरक्षण तथा सामुदायिक सहभागिता परियोजना अन्तरगत सो संख्यामा बालबालिकालाई ट्रयाक सुट वितरण गरिएको हो ।
विद्यार्थीहरुलाई विद्यालय जानका लागि प्रोत्साहन गर्न कार्यक्रममा दर्ता गरिएका बालबालिकाहरुका लागि १८ लाख ९१ हजार ७ सय २१ रुपैंया बराबरका ट्रयाक सुट वितरण गरिएको सिड नेपालका वित्त तथा प्रशासन अधिकृत डम्मर सिं कुड्मालले जानकारी दिए ।
परियोजनाको कार्यक्षेत्र पूर्विचौकी गाउँपालिका वडा नं १, २ र ३, दिपायल सिलगढी नगरपालिका वडा नं २ र ९, सायल गाउँपालिका वडा नं ४, ५ र ६ तथा आदर्श गाउँपालिकाका वडा नं १, २, ३, ४, ५ र ७ का बालबालिका गरी ४ हजार जना दर्ता बालबालिकालाई ट्रयाक सुट वितरण गरिएको सिड नेपालका परियोजना संयोजक किशोर विक्रम सेनले बताए ।
ट्रयाक सुट वितरण सँगसँगै कार्यक्रममा दर्ता बालबालिकाका परिवारहरु लाई चट्याङबाट बच्ने उपायहरुको बारेमा समेत जानकारी गराइएको सिड नेपाल डोटीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.