डोटीमा करिब ३ हजार सवारी साधन कारवाहीमा, १६ लाख २८ हजार ५ सय राजश्व संकलन

870

चैत्र १५, डोटी ।
डोटीमा चालु आर्थिक वर्षमा करिब ३ हजार सवारी साधनहरु कारवाहीमा परेका छन् ।
गत साउन महिनादेखि यता चैत्र १५ गते आइतबारसम्ममा ट्राफिक नियम पालना नगर्ने २ हजार ९ सय ६४ सवारी साधन कारवाहीमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दिपायलका प्रमूख प्रहरी नायव निरिक्षक अशोक खड्काले जानकारी दिए ।
यससँगै कारवाहीमा परेका सवारी साधन धनीबाट १६ लाख २८ हजार ५ सय राजश्व समेत संकलन गरिएको उनले नजर अनलाईनलाई बताए ।
ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारी अनुसार गएको साउन महिनामा ३ सय २८ सवारी साधन कारवाहीमा परेका छन् भने १ लाख ८२ हजार ५ सय रुपैंया राजश्व संकलन भएको छ । भदौ महिनामा २ सय ९८ सवारी कारवाहीमा परेका छन् भने १ लाख २१ हजार रुपैंया राजश्व संकलन भएको छ ।

No description available.
त्यस्तै असोजमा २ सय ९८ सवारी कारवाहीमा परेका छन् भने १ लाख ६२ हजार राजश्व संकलन भएको छ । कार्तिकमा ३ सय ७४ सवारी कारवाहीमा परेका छन् भने १ लाख ९८ हजार ५ सय रुपैंया राजश्व संकलन भएको छ ।
यसैगरी मंसिरमा ४ सय ३० सवारी ट्राफिक कारवाहीमा परेका छन् भने २ लाख ३१ हजार ५ सय रुपैंया राजश्व संकलन भएको छ । पुष महिना ३ सय २ सवारी कारवाहीमा परेका छन् भने १ लाख ६२ हजार ५ सय रुपैंया राजश्व संकलन भएको छ । माघमा ३ सय ६१ सवारी कारवाहीमा परेका छन् भने २ लाख ७ हजार राजश्व संकलन भएको ट्राफिक प्रहरी कार्यालय दिपायलले जनाएको छ ।
यस्तै फाल्गुन महिनामा ४ सय ३१ सवारी कारवाहीमा परेका छन् भने २ लाख ४१ हजार ५ सय रुपैंया राजश्व संकलन भएको छ । चैत्र महिनाको १५ गतेसम्ममा २ सय ११ वटा सवारी साधन ट्राफिक कारवाहीमा परिसकेको र १ लाख २२ हजार राजश्व संकलन भएको जनाईएको छ ।
होली पर्व विशेष चेकजाँचका क्रममा आइतबार मात्रै २५ वटा सवारी साधन कारवाहीमा परेको र त्यसमध्येका २ वटा जीप, ६ वटा मोटरसाइकल र एउटा अटो गरी ९ वटा सवारी साधन ट्राफिक प्रहरी नियन्त्रणमा रहेको जनाईएको छ । आज आइतबार मात्रै १७ हजार रुपैंया राजश्व संकलन गरेको छ ।

No description available.
ट्राफिक प्रहरीले सवारी दुर्घटना न्यूनिकरणका लागि चालक तथा सहचालकहरुलाई सचेतना कार्यक्रम, विद्यालयमा सचेतना कार्यक्रम र सरोकारवालाहरुलाई सचेतना कार्यक्रम समेत सञ्चालन गर्दै आएको ट्राफिक प्रहरी कार्यालय दिपायलले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.