डोटीमा कोरोना संक्रमित झण्डै ८८ प्रतिशत मानिसले कोरोना जिते

करिब १२ प्रतिशत संक्रमित कोरोनासँग जुध्दै

297

डोटीमा नोवेल कोरोना भाईरसबाट संक्रमित भएका मानिसहरुमध्ये झण्डै ८८ प्रतिशत मानिसले कोरोनालाई जितेका छन् भने बाँकी झण्डै १२ प्रतिशत मानिसहरु कोरोना भाईरससँग संघर्ष गरिरहेका छन् ।
डोटीमा गएको जेठ १९ गतेदेखि यता कूल ८ सय ४५ जनामा संक्रमण देखापरेको छ । तिमध्ये यो समाचार तयार पार्दासम्ममा ७ सय ४१ अर्थात ८७.६९ प्रतिशतले कोरोनालाई जितेर निको भएका छन् भने १ सय ४ जना अर्थात १२.३० प्रतिशत मानिसहरु कोरोनासँग लडाईं गरिरहेका छन् ।हाल कोरोनासँग जुधिरहेकाहरुमा शिखर नगरपालिकाका ५८, दिपायल सिलगढी नगरपालिकाका २१, आदर्श गाउँपालिकाका १८, के.आई.सिंह गाउँपालिकाका ३, सायल गाउँपालिकाका २ तथा जोरायल र पूर्वीचौकी गाउँपालिकाका १/१ जना रहेको स्वास्थ्य कार्यालय डोटीमा कार्यरत उद्धव सिं ठगुन्नाले जानकारी दिए ।
यिमध्ये अधिकांश मानिसहरु भारत र डोटी जिल्ला बाहिरबाट आएकाहरु छन् । तर तिनै मध्येका शिखर नगरपालिकाका ३, आदर्श गाउँपालिकाका २ र राष्ट्रिय वाणिज्य बैंक दिपायलमा कार्यरत १ जना गरी ६ जना जिल्लाभित्रैका मानिसहरु रहेको स्वास्थ्य कार्यालय डोटीका प्रमूख रमेश मलासीले जानकारी दिए । जसका आधारमा कोरोना समुदायमा फैलिएको हुनसक्ने सम्भावना रहेको अनुमान गरिएको छ ।

Leave A Reply

Your email address will not be published.