सेती नदिमा डुबेर १७ वर्षिया किशोरको ज्यान गयो

1,394

चैत्र २१, डोटी ।

डोटीको सेती नदिमा डुबेर शनिबार एक किशोरको ज्यान गएको छ ।
दार्चुलाको मालिकार्जुन घर भएका वर्ष १७ का दिपेन्द्र सिं धामीको सेतीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रवक्ता प्रहरी नायव उपरिक्षक इन्द्र बहादुर मल्लले जानकारी दिए ।
ति किशोर हाल सेती प्राविधिक शिक्षालयमा सिभिल इन्जिनियर पढ्दै गरेका थिए ।
मृतक धामी शिखर नगरपालिका वडा नं. २ मुडेगाउँको कालागाड नजिकै रहेको प्रसिद्ध धार्मिक स्थल सालमुनीमा पूजामा गएको जनाईएको छ ।
एक स्थानीयका अनुसार उनी बस्ने घरबेटीको पूजा कार्यक्रममा सहभागि हुन गएको बेला सेती नदिमा पौडी खेल्ने क्रममा नदिभित्रको हिलोमा अड्किएको प्रारम्भिक जानकारी छ । धामी नदिमा डुबेको स्थानीयले खबर पाएपछि केहि पौडी खेल्न जान्ने युवाहरुले उनलाई नदिबाट निकालेको र त्यतिन्जेल उनको मृत्यु भईसकेको समाचार श्रोतले जनाएको छ ।
घटनाको विस्तृत अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय डोटीका इन्स्पेक्टर कान्तिराज जोशी नेतृत्वको टोली भर्खरै घटनास्थल पुगेको छ । घटनास्थल मुचुल्का तयार पारी शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल डोटीमा ल्याउने तयारी भैरहेको प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.