विश्व पुस्तक दिवस मनाइँदै

494

बैशाख १०, काठमाण्डाै ।

आज विश्व पुस्तक दिवस । पुस्तक किनेर, वाचन गरेर, पुस्तकमाथि अन्तर्क्रिया वा चर्चा परिचर्चा गरेर तथा साथीभाइ, आफन्तलाई पुस्तक उपहार दिएर आज विश्व पुस्तक दिवस मनाइँदैछ ।

पुस्तक पढ्ने बानीको विकास गर्ने उद्देश्यले सन् १९९५ को अप्रिल २३ तारिखदेखि हरेक वर्ष विश्वमा विभिन्न कार्यक्रमहरु गरेर विश्व पुस्तक दिवस मनाउने गरिन्छ । विशेष  गरी युवा पुस्तामा पढ्ने बानीको विकास गर्न यो दिवस मनाइन्छ । यस्तै, लेखन तथा प्रकाशन क्षेत्रमा प्रतिलिपि अधिकार ठूलो मुद्दा भएकाले आजको दिन प्रतिलिपि अधिकार दिवस पनि मनाइन्छ ।

नेपालमा केही वर्षयता पढ्ने बानीको विकास भएसँगै साथीभाइलाई पुस्तक उपहार दिने चलन बढ्दै गएको छ। – उज्यालो अनलाइनबाट

Leave A Reply

Your email address will not be published.