डोटीमा आगामी जेठ १५ गतेसम्मका लागि निषेधाज्ञा अवधी थपियो
भागरथी मडै
बैशाख ३०, डोटी ।
डोटीमा बैशाख २१ गतेदेखि जारी गरिएको निषेधाज्ञा आगामी जेठ १५ गतेसम्मका लागि थप गरिएको छ ।
विहीबार डोटीका प्रमूख जिल्ला अधिकारी सुनील खनालद्वारा जारी १३ बुँदे निषेधाज्ञा थप सम्बन्धी सूचना जारी गर्दै जेठ १५ गते राती १२ बजे सम्मका लागि निषेधाज्ञा अवधी थप गरिएको जनाईएको छ ।
शुरुमा बैशाख ३१ गते अर्थात भोलि शुक्रबार राती १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको थियो ।
पछिल्लो चरणमा कोरोना भाइरसको संक्रमण बढ्ने र डोटीभित्रै मानिसहरुको ज्यान समेत गईसकेकाले कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि निषेधाज्ञा थप गरिएको सूचनामा उल्लेख छ ।
के छ सूचनामा विस्तृत हेर्नुहोस् –

