केपीशर्मा ओली फेरि बने प्रधानमन्त्री

567

बैशाख ३०, डोटी ।
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली फेरि प्रधानमन्त्री बन्नुभएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री पदमा केपी शर्मा ओलीलाई पुन: नियुक्त गर्नुभएको हो ।
यस अघि बैशाख २७ गते संसदमा प्रधानमन्त्री ओलीले विश्वासको मतका लागि राख्नु भएको प्रस्ताव फेल भए पछि राष्ट्रपतिले संविधानको धारा ७६ को उपधार २ अनुसार बहुमतीय आधारमा आज विहीबस्र राती ९ बजे सम्ममा प्रधानमन्त्रीको लागि दावी गर्न दिएको समय सीमाभित्र कुनै पनि दावी नपरेपछि राष्ट्रपतिले ठूलो दलका हैसियतमा नेकपा एमालेका संसदीय दलका नेता केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

Leave A Reply

Your email address will not be published.