डोटीको राजपुरस्थित सेती सभा हललाई ५० बेडको अस्थायी कोरोना अस्पताल बनाइने

516

जेठ २, डोटी ।
डोटीको राजपुरस्थित सेती सभा हललाई ५० बेडको अस्थायी कोरोना अस्पताल बनाइने भएको छ ।
दिपायल सिलगढी नगरपालिकाको पहलमा आइतबार बसेको जिल्लाका सबै स्थानीय तहहरु, प्रमुख जिल्ला अधिकारी सहित सुरक्षा निकायका प्रमुख, स्वास्थ कार्यालय, जिल्ला अस्पतालका प्रतिनिधि, नागरिक समाज, पत्रकार लगाएतको सर्वपक्षीय बैठकले उक्त निर्णय गरेको हो ।
जिल्लामा रहेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को व्यवस्थापकीय जिम्मेवारी रहने गरि उक्त अस्थायी कोरोना अस्पताल बनाउन लागिएको हो ।
अस्पतालको प्रभावकारी सञ्चालनका लागि आवश्यक जनशक्ति, अन्य श्रोत साधन लगाएत विस्तृत विवरण सहितको प्रतिवेदनका लागि स्वास्थ्य कार्यालय डोटीका निमित्त प्रमुख उद्धव बहादुर ठगुन्नाको संयोजकत्वमा ५ सदस्यीय एक अध्ययन प्रतिवेदन टोली बनाइएको छ । जसले जेठ ४ गतेसम्म डिसिसिएमसीलाई प्रतिवेदन पेश गर्नेछ ।
उक्त अस्थायी कोरोना अस्पतालको लागि ३० थान बेड जिल्ला अस्पताल डोटी र २० थान बेड सुजङ्ग अस्पताल राजपुरले उपलब्ध गराउने छन् । बाकी डाक्टर लगाएत अन्य स्वास्थ्यकर्मी, अक्सिजन सिलिन्डर, औषधी, फर्निचर लगाएत सबै व्यवस्थापन जिल्लाका सबै स्थानीय तहले व्यवस्थापन गर्ने निर्णय भएको छ ।
जिल्लामा दोश्रो चरणको कोरोना संक्रमणको लहर बढ्दै गएसङ्गै डोटीमा पुर्व तयारी गर्न लागिएको हो ।

Leave A Reply

Your email address will not be published.