वन मन्त्री आलेको पहलमा डोटीमा अक्सिजन प्लान्ट स्थापना गर्न डेढ करोड बजेट सुनिश्चितता

929

जेठ ४, डोटी ।
जिल्ला अस्पताल डोटीमा अक्सिजन प्लान्ट स्थापना गर्न डेढ करोड बजेट सुनिश्चितता भएको छ ।
वन तथा वातावरण मन्त्री प्रेम आलेको पहलमा नेपाल सरकार अर्थ मन्त्रालयले मंगलबार रु. १ करोड ५० लाख बजेट श्रोतको सहमति दिएको हो ।
दोश्रो चरणको कोरोना महामारी बढ्दै जाँदा अक्सिजन अभावमा जिल्लाभित्रै बिरामीको उपचारका लागि फाट्टफुट्ट अक्सिजन पठाएर समाधान नहुने भएपछि अक्सिजन प्लान्ट नै जडान गर्न आफुले अर्थ मन्त्री विष्णु पौडेलसङ्ग अनुरोध गरि बजेट सुनिश्चितता गराएको वन मन्त्री आलेले नजर अनलाइनलाई बताए ।
डोटीसङ्गै ११ वटा जिल्लामा अक्सिजन प्लान्ट स्थापना गर्न अर्थ मन्त्रालयले डेढ करोडका दरले र तनहुँको दमौली अस्पतालमा अक्सिजन पाइप लाइनका लागि ३० लाख बजेट सहित रु. १६ करोड ८० लाख बराबरको खरिद प्रक्रिया अगाडि बढाउन सहमति प्रदान गरेको छ ।
अक्सिजन अभावमा कोरोनाका बिरामीको उपचारका लागि जिल्ला बाहिर पठाउनुपरिरहेको अवस्थामा अक्सिजन प्लान्टका लागि बजेट सुनिश्चित हुनु सुखद हो । छिटोछरितो प्लान्ट स्थापना गरि बिरामीले सेवा लिन पाउने वातावरण सिर्जना गर्नु आम डोटीबासीको पनि कर्तव्य हो ।

Leave A Reply

Your email address will not be published.