डोटी जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा मलासी नियुक्त
जेठ ७, डोटी ।
जिल्ला खेलकुद विकास समिति डोटीको अध्यक्षमा नरेश मलासी नियुक्त भएका छन् ।
सुदूरपश्चिम प्रदेश सरकारले युवा संघका केन्द्रिय सचीव एवं नेकपा एमालेका युवा नेता मलासीलाई शुक्रबार अध्यक्षमा नियुक्त गरेको हो ।
संघीय संरचनापूर्व केन्द्रिय सरकारको मातहतमा रहेको खेलकुद विकास समितिहरु सम्बन्धि अहिले प्रदेश सरकारलाई जिम्मेवारी दिइएको छ ।
सुदूरपश्चिम प्रदेश सरकारले कार्यविधि निर्माण गर्नमा गरेको ढिलाइका कारण करिब दुई वर्षदेखि जिल्ला खेलकुद विकास समिति पदाधिकारी विहीन थिए ।

सुदूरपश्चिममा कैलाली बाहेक ८ जिल्लामा खेलकुद विकास समितिको अध्यक्षहरु तोकिएको छ । कैलालीमा भने प्राविधिक कारणले तोक्न बाँकी छ ।
तेक्वान्दोका पुर्व राष्ट्रिय खेलाडी समेत रहेका नव नियुक्त डोटी खेलकुद विकास समिति अध्यक्ष मलासीले आफ्नो कार्यकालमा खेल क्षेत्रमा सक्दो सुधार ल्याउने आफ्नो प्रयास रहने नजर अनलाइनलाई प्रतिवद्धता जनाए ।

अन्य पदाधिकारी एवं कार्यसमिति सदस्यहरु नियुक्त गर्न बाँकी रहेकाले राम्रो टिम पाउन सके पहिलो प्राथमिकतामा खेलकुदका लागि सुविधा सम्पन्न भवन बनाउने र जिल्लामा खेलिने हरेक खेललाई सँस्थागत रूपमा विकास गर्दै स्थापित गर्ने उनको प्रतिबद्धता छ ।
नव नियुक्त अध्यक्ष मलासी जोशिलो र साहसिक युवाका रूपमा परिचीत छन् ।
