डोटीको बडिकेदार गाउँपालिका अध्यक्ष चन्दलाई पत्नी वियोग
जेठ १३, डोटी ।
डोटीको बडिकेदार गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर चन्दलाई पत्नी वियोग परेको छ ।
अध्यक्ष चन्दकी श्रीमती डम्मरी देवी चन्दको ६२ वर्षको उमेरमा बडिकेदार गाउँपालिका ५ लानाकेदारेश्वरको तिखेढुङ्गा स्थित आफ्नै घरमा विहीबार बिहान निधन भएको हो ।
लामो समयदेखि फोक्सोमा समस्या रहेकी उनको स्वास्थ्य अवस्था हिजो बुधबार सामान्य रहेको तर आज बिहानै करिब ५ बजेतिर एक्कासी समस्या बल्झिएर करिब साढे सात बजेको समयमा उनको निधन भएको रेडियो बडिकेदार डोटीका स्टेशन म्यानेजर चक्र मल्लले जानकारी दिए ।
छोराहरू जिल्ला बाहिरबाट आउने भएकाले उनको अन्तिम सस्कार भोलि शुक्रबार गरिने जनाइएको छ ।