सायलको ओखट्टे खानेपानी तथा सरसफाई योजनाको अन्तिम अनुगमन सम्पन्न

368

प्रेम नेपाली
असार १२, डोटी ।
डोटीको सायल गाउँपालिका, ग्रामीण जलश्रोत व्यवस्थापन परियोजनाको आर्थिक सहयोगमा सायल गाउँपालिका वडा नम्बर २ स्थित ओखट्टे खानेपानी तथा सरसफाइ योजनाको अन्तिम अनुगमन कार्य सम्पन्न गरिएको छ ।
उक्त खानेपानी योजनाको एकघर एक धारा प्रणाली अन्तरगत निजि धारा ३१ वटा र सार्वजनिक ३ वटा गरि जम्मा ३४ धारा निर्माण कार्य सम्पन्न भएको जलश्रोत अधिकृत गणेशप्रसाद उपाध्यायले जानकारी दिएका छन् ।
सायल गाउँपालिकाको तर्फबाट उक्त योजना सम्पन्न गर्नको लागि २६ लाख २० हजार उपलब्ध गराएको र ८ लाख १५ हजार जनश्रमदान गरि जम्मा ३४ लाख ३५ हजारको लागतमा खानेपानी योजना सम्पन्न गरिएको अधिकृत उपाध्यायले बताए ।
उक्त खानेपानी योजनाको अन्तिम अनुगमन सायल गाउँपालिका उपाध्यक्ष एवम् अनुगमन कार्यदलका संयोजक बिस्ना देवि सिंहले अनुगमन सङ्गै खानेपानीको उद्घाटन कार्य समेत सम्पन्न भएको जनाइएको छ ।

Leave A Reply

Your email address will not be published.