आदर्श गाउँपालिका डोटीको नवौं गाउँसभा सम्पन्न
प्रेम नेपाली
असार १०, डोटी ।
आदर्श गाउँपालिका डोटीले आफ्नो नवौं गाउँसभा सम्पन्न गरेको छ ।
उपाध्यक्ष कमला देवी ओझाले प्रस्तुत गरेको आर्थिक वर्ष २०७८/ ०७९ को लागि निति तथा कार्यक्रम पेश गर्दै कुल जम्मा पचास करोड सत्र लाख सतचालिस हजार बराबरको बजेट सार्वजनिक गरेको वडा नम्बर ६ का वडा अध्यक्ष तथा गाउँपालिका प्रवक्ता लाल बहादुर खडायतले जानकारी दिए ।
गाउँपालिकाले आर्थिक वर्ष २०७८/०७९ को लागि बिशेष गरि भौतिक पुर्वाधार विकास निर्माण, कृषि, स्वास्थ्य, शिक्षा, सिपमुलक आय आर्जन तथा रोजगारीलाई बजेटको पहिलो प्राथमिकतामा राखेको नायव सुब्बा डबल भाटले बताए ।
आगामी आर्थिक वर्षको लागि गाउँपालिकाको भवन निर्माण, वडा नम्बर ३ र ७ को वडा कार्यालयको भवन निर्माण, गाउँपालिका स्तरको १५ सैयाको कोरोना अस्पताल निर्माण, कृषितर्फ एक वडा एक उत्पादन कार्यक्रम, शिक्षातर्फ गाउँपालिका स्तरिय लोक सेवा आयोगको पुर्व तयारी कक्षा संचालन र लक्षित समुहहरुको लागि बिशेष सिपमुलक तालिम तथा आय आर्जनका कार्यक्रमहरु रहेको निति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।