महिला शक्ति विकास केन्द्र नेपालद्वारा डोटीका ५५ जना महिलालाई खाद्यान्न राहत वितरण

1,308

असार १६, डोटी ।
महिला शक्ति विकास केन्द्र नेपालले डोटीका ५५ जना महिलाहरुलाई बुधबार खाद्यान्न राहत वितरण गरेको छ ।
कोभिड–१९ दोश्रो चरणको संक्रमणबाट मारमा परेका दिपायल सिलगढी नगरपालिका वडा नं. ७ र वडा नं. १ गरी ५५ जना महिलाहरुलाई बुधबार खाद्यान्न राहत वितरण गरिएको उक्त सँस्थाले जनाएको छ ।
सँस्थाको कार्यक्षेत्र रहेको दिपायल सिलगढी नगरपालिका वडा नं. ७ मा सँस्थामार्फत गठन गरिएका विभिन्न गाउँ महिला समूहमा आवद्ध २४ जना विपन्न, एकल, दलित, असहाय महिलाहरुलाई खाद्यान्न राहत वितरण गरिएको सँस्थाका कोर लिडर कलावती बोहराले जानकारी दिइन् ।
वडा नंं ७ का वडा अध्यक्ष कर्ण बहादुर बिष्टको रोहबरमा प्रत्येक महिलालाई एक कट्टा चामल, २ केजी दाल, २ केजी चिनि, २ पोका खानेतेल, २ केजी नुन र २ वटा साबुन गरी रु. २ हजार ५ सय बराबरको खाद्यान्न सहयोग गरिएको सहयोगी सँस्थाका अर्का कोर लिडर डम्मरी धामीले बताईन् ।
कमजोर आर्थिक अवस्थाका महिलाहरुलाई महिला शक्ति विकास केन्द्र नेपालले यस पूर्व पनि राहत वितरण गरेको र फेरी पनि राहत वितरण गरेकोमा दिपायल सिलगढी नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष कर्ण बिष्टले विशेष धन्यवाद दिए ।
उक्त सँस्थाका अनुसार बुधबार नै दिपायल सिलगढी नगरपालिका वडा नं. १ का विभिन्न गाउँ महिला समूहमा आबद्ध ३१ जना महिलाहरुलाई पनि सोही परिमाणमा राहत वितरण गरिएको छ ।
त्यस्तै भोलि विहीबार शिखर नगरपालिकाका वडा नं. ७, ८, ९ र ११ का २५ जना महिलाहरुलाई पनि राहत वितरण गर्ने कार्यक्रम रहेको महिला शक्ति विकास केन्द्र नेपालले जनाएको छ ।

No description available.No description available.No description available.No description available.

Leave A Reply

Your email address will not be published.