सिड नेपालद्वारा डोटीका एक सय ४५ जना विपन्न तथा दर्ता बालबालिकालाई खाद्यान्न सहयोग

913

प्रेम नेपाली
असार १७, डोटी ।
समान पहुँच विकास केन्द्र (सिड) नेपाल डोटीले विहीबार जिल्लाका एक सय ४५ जना विपन्न तथा दर्ता बालबालिकालाई खाद्यान्न सहयोग गरेको छ ।
वर्ल्डभिजन इन्टरनेशनल नेपालसँगको साझेदारीमा सिड नेपालद्वारा सञ्चालित बाल स्पोन्सरसिप परियोजना अन्तर्गत जोखिममा रहेका विपन्न परिवारका बालबालिका हरुलाई खाद्यान्न सामाग्री वितरण गरिएको हो ।
अति विपन्न र जोखिममा परेका बालबालिकाहरुको लागि खाद्यान्न सहयोग वितरण गरिएको सिड नेपाल डोटीका कार्यक्रम संयोजक करन बानियाँले जानकारी दिए ।
पूर्वीचौकी गाउँपालिका वडा नम्बर. १ खिरसैनमा २० जना, वडा नम्बर २ बगलेकमा २० जना र वडा नम्बर ३ साजघाटमा १७ जना, त्यसैगरी सायल गाउँपालिका वडा नम्बर ४ मा १८ जना, वडा नम्बर ५ मा २० जना, वडा नम्बर ६ मेल्लेकमा १८ जना र दिपायल सिलगढी नगरपालिका वडा नम्बर २ दिपायलमा १५ जना, वडा नम्बर ९ कलेनामा १७ जना गरेर जम्मा १ सय ४५ जनालाई खाध्यान्न सामाग्री वितरण गरिएको सिड नेपालले जनाएको छ ।
प्रति व्यक्ति ३० के.जि. चामल, ३ के.जि. दाल, ४ पोका नुन, २ के.जि. चिनि, २ लिटर तेल र ४ वटा नुहाउने साबुन सहयोग गरिएको सिड नेपालका प्रोग्राम अफिसर गणेश पार्कीले बताए ।
सम्बन्धित वडाका जनप्रतिनिधिको समन्वय एवं रोहवरमा प्रत्येक बालबालिकालाई रु.३ हजार २ सय २८ रुपैया ९२ पैसाका दरले जम्मा १ सय ४५ जनालाई रु. ४ लाख ६८ हजार १ सय ९३ बराबरको खाद्यान्न सामाग्री वितरण गरिएको सिड नेपालका वित्त तथा प्रशासन अधिकृत डम्मर सिंह कुडमालले बताए ।

1 Comment
  1. DammarSingh Kudmal says

    धेरै धेरै धन्यवाद नजर अनलाइन परिवारलाई

Leave A Reply

Your email address will not be published.