रोयल जोरायल क्लबद्वारा डोटीको जोरायलमा विभिन्न स्थानमा वृक्षारोपण

965

असार २०, डोटी ।
डोटीको जोरायल गाउँपालिकाका युवाहरुले स्थापना गरेको रोयल जोरायल क्लबले त्यहाँका विभिन्न स्थानहरुमा वृक्षारोपण गरेको छ ।
सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र चन्कट्टे , सोहि ठाउँमा अवस्थित शिव मन्दिर, रत्न आधारभुत विद्यालय रावतकट्टे, इलाका प्रहरी कार्यालय जोरायल, चडेउला देवताको थान सिलङ्गीबाग र घण्टेश्वर माध्यमिक विद्यालय कुडिकोट परिसरमा वृक्षारोपण गरेको रोयल जोरायल क्लबका सदस्य डिल्लीराज जोशीले जानकारी दिए ।
सगरमाथा एग्रो फरेष्ट्री नेपालका अध्यक्ष नसिव साउँदको सहयोगमा लिप्टीस, कागती, फूल लगाएतका विरुवाहरु रोपेको जनाईएको छ ।
विश्वमा वातावरण प्रदुषण र त्यसको असर बढ्दै गईरहेकाले विभिन्न सार्वजनिक स्थलहरुमा वृक्षारोपण गरेर वातावरण संरक्षणको सन्देश दिन खोजिएको उक्त क्लबले जनाएको छ ।

No description available.

No description available.No description available.

 

Leave A Reply

Your email address will not be published.