सुदूरपश्चिमका थप ११४ जनामा कोरोना पुष्टि, कूल संक्रमितको संख्या ५ हजार ५ सय १० पुग्यो

740

सोमबार सुदूरपश्चिम प्रदेशका थप १ सय १४ जनामा कोरोना पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल धनगढी र डडेल्धुरा अस्पतालमा भएको परीक्षणमा थप १ सय १४ जनामा संक्रमण पुष्टि भएको हो।

धनगढी प्रयोगशालामा पछिल्लो २४ घण्टामा चार सय ६९ जनाको कोरोना परीक्षण भएकोमा ५७ जनामा संक्रमण देखिएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए।
उनका अनुसार कैलालीका २९, अछामका १८, डोटीका ६, कञ्चनपुर र बझाङका २÷२ जनामा कोरोना संक्रमण देखिएको हो। कैलालीको धनगढीका १३ जना, टीकापुरका १४ जना र मोहन्याल गाउँपालिकाका दुई जनामा संक्रमण देखिएको सूचना अधिकारी श्रेष्ठले बताए।
त्यस्तै अछामको मंगलसेनका १४ जना, साँफेबगरका ३ जना र स्थानीय तह नखुलेका १ पुरुषमा पनि संक्रमण देखिएको जनाईएको छ।
यसैगरी डोटीको आदर्श गाउँपालिकाका ४ र बोगटान फुड्सिल गाउँपालिकाका २ जना, कञ्चनपुरको भीमदत्त नगरपालिका, बेल्डाँडी गाउँपालिकाका १÷१ जना र बझाङका २ जनामा पनि संक्रमण देखिएको सूचना अधिकारी श्रेष्ठले बताए।
त्यसैगरी डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा १ हजार १ सय ६ जनाको कोरोना परीक्षण भएकोमा ५७ जनामा संक्रमण पुष्टि भएको हो।
डडेल्धुरा अस्पतालका प्रयोगशाला प्रमूख इश्वरीप्रसाद भूषालका अनुसार कैलालीको घोडाघोडी नगरपालिकाका ३१ जना, टीकापुर नगरपालिकाका ८ जना, गौरीगंगा नगरपालिकाका ७ जना र जानकी गाउँपालिकाका १ जना गरी ४७ जनामा संक्रमण पुष्टि भएको छ।

त्यसैगरी कञ्चनपुरको भीमदत्त नगरपालिकाका ८ जना, कञ्चनपुरकै महाकाली नगरपालिकाका १ जना र बैतडीमा नेपाली सेनामा कार्यरत १ जनामा कोरोना पुष्टि भएको प्रयोगशाला प्रमूख भूषालले बताए ।
सुदूरपश्चिममा कूल कोरोना संक्रमितको संख्या ५ हजार ५ सय १० पुगेको छ।

Leave A Reply

Your email address will not be published.