गजल
मेरो जीवनबाट जाउ तर, तस्वीर दिएर जाउ
जानै मन छ भने पराइ घर, तस्वीर दिएर जाउ
आफ्नो प्राणभन्दा बढी माया गरेको हुँ यार
तिम्रो एउटा सुन्दर सकभर, तस्वीर दिएर जाउ
मलाई औषधी दिन आउ, म तिम्रो प्रेम रोगी हुँ
नत्रभने छिट्टै पिउदैछु जहर, तस्वीर दिएर जाउ
भाग्यमा नै थिएनौ तर रोजेर खोजेर के गरौं
यहाँ हाँसी–हाँसी आउ, सुन्दर तस्वीर दिएर जाउ
बस आशीर्वाद दिनेछु, तिमी पराइ भएको दिन
पराइको सिन्दुरमा छैन कर तस्वीर दिएर जाउ
तिमी यो हृदमा छौ, म त्यो हृदयमा छैन, पल्लवी
कहाँ छौ ? आउ सुनाउ खबर तस्वीर दिएर जाउ
– मनमोहन ठकुल्ला
पुर्विचौकी गा.पा.-२, फटकहाल्ला, डोटी
वाह दमदार गजल