डोटीको सायलमा रेन्बो ट्राउट माछापालन शुरु

1,117

श्रावण ८, डोटी ।
डोटीको सायल गाउँपालिकामा रेन्बो ट्राउट माछापालन शुरु गरिएको छ ।
सुदूरपश्चिम प्रदेश सरकारको १० लाख लगानीमा ३ वटा रेस्वे (माछापालन पोखरी) निर्माण गरी माछापालन शुरु गरिएको जनाईएको छ ।
सायल गाउँपालिका वडा नं. ३ का किसान हरिपाल खाती, वडा नं. ४ रौवाका तेजबहादुर सिंह र वडा नं. ५ का शेर बहादुर रोकायाले आधुनिक माछापालन पोखरी बनाएर माछापालन शुरु गरेको सायलका युवा नेता तथा नेकपा माओवादी केन्द्रका डोटी जिल्ला सदस्य तेजबहादुर डुम्रेलले जानकारी दिए ।
गण्डकी प्रदेशको पोखराबाट रेन्बो ट्राउटका १५ सय भुरा ल्याएर पोखरीमा हालिएको जनाईएको छ ।

No description available.
कोरोना महामारीका कारण गरिएको निषेधाज्ञाका कारण ट्राउट माछाका भुरा ल्याउन केहि समय ढिलाई भए पनि माछाका भुरा पोखरीमा हाल्न पाएपछि माछापालक किसानहरु हर्षित भएका छन् ।
भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र डोटीको प्राविधिक सहयोगमा सायलका माछापालक किसानहरुले पहिलो पटक व्यवसायिक रुपमा रेन्बो ट्राउट माछापालन शुरु गरेका हुन् ।
युवा नेता तेज डुम्रेलको अगुवाईमा वि.सं. २०७२ सालदेखि सायल क्षेत्रमा ट्राउट माछापालनको सम्भाव्यता अध्ययनमा लागेका थिए । यसैबिचमा रेन्बो ट्राउट विज्ञ निर्मल खाँतीलाई स्थलगत लगेर उनले ट्राउट माछापालनको सम्भावव्यता अध्ययन गरेका थिए ।
ट्राउट माछापालनका लागि सुदूरपश्चिम प्रदेश सरकारले थप ६ लाख रकम विनियोजन गरेको पनि जनाईएको छ ।

Leave A Reply

Your email address will not be published.