युएसएसबिएमद्वारा जिल्ला अस्पताल डोटीलाई झण्डै ५ लाख बराबरका स्वास्थ्य सामाग्री सहयोग

535

श्रावण २६, डोटी ।
डोटीमा क्रियाशील गैरसरकारी सँस्था उपेक्षित समुदाय सशक्तीकरण तथा विकास मञ्च (युएसएसबिएम) डोटीले जिल्ला अस्पताल डोटीलाई झण्डै ५ लाख बराबरका स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।
मंगलबार एक अनौपचारिक कार्यक्रमका बिच सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री लाल बहादुर खड्का र युएसएसबिएमका अध्यक्ष बिस्ना सिंहले जिल्ला अस्पताल विकास समिति डोटीका अध्यक्ष यज्ञराज जोशीलाई उक्त सामाग्री हस्तान्तरण गरेका छन् ।
अस्पताललाई सहयोग गरिएको सामाग्रीहरुमा ८ थान अक्सिजन सिलिन्डर र रेगुलेटर, १५ थान अक्सिमिटर, १ सय थान पीपीई सेट, १ सय ५० थान पीपीई सिल्क गावनसङ्गै मास्क, सेनिटाइजर, ग्लोब्स र फेस सिल्ड लगाएत गरेर ४ लाख ९१ हजार ५ सय १६ रुपैयाँ बराबरका सामाग्री रहेका छन् ।
लुथ्रन वर्ल्ड फेडरेशनको सहयोगमा युएसएसबिएमले सञ्चालन गरिरहेको कोभिड – १९ प्रभावित समुदायको लागि आर्थिक पुनरुत्थान परियोजना अन्तरगत सामाग्री सहयोग गरिएको युएसएसबिएमका कार्यक्रम संयोजक भक्तराज उपाध्यायले जानकारी दिए ।
अस्पताललाई स्वास्थ्य सामाग्री सहयोग गरेकोमा सहयोगी सँस्थालाई धन्यवाद दिदै ती सामाग्रीको सही सदुपयोग हुने जिल्ला अस्पताल डोटीका अध्यक्ष यज्ञराज जोशीले प्रतिवद्धता जनाए ।
कोभिड – १९ प्रभावित समुदायको लागि आर्थिक पुनरुत्थान परियोजना डोटीमा सायल गाउँपालिका, दिपायल सिलगढी नगरपालिका र शिखर नगरपालिकामा सञ्चालित रहेको जनाइएको छ ।

Leave A Reply

Your email address will not be published.