भासु भिरमा जीप दुर्घटना : घाइते २ जनाको उपचारका लागि लैजादै गर्दा बाटोमा मृत्यु

1,285

श्रावण २७, डोटी ।
कैलालीको भासु भिरमा भएको जीप दुर्घटनामा घाइते ५ जनामध्ये दुई जनाको मृत्यु भएको छ । प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार उपचारका लागि अस्पताल ल्याउँदै गर्दा दुई जनाको मृत्यु भएको हो ।
कैलालीको चुरे गाउँपालिका– ६ की ३६ वर्षीया दुर्गा साउँद र डोटीको जोरायल गाउँपालिका–१ की ५ वर्षीया एलिसा खड्काको मृत्यु भएको हो ।
यस्तै दुर्घटनामा जोरायल–१ का जीप चालक रमेश खड्का, २८ वर्षीया निर्मला खड्का र चुरे–६ का सुशिल साउद घाइते भएका छन्।
बुधबार जिल्लाको चुरे गाउँपालिका वडा नम्बर ३ भासु भिरमा प्रदेश ३–०१ ००२३ च ९०५९ नम्बरको जीप भासु भिरमा खसेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतिक बिष्टका अनुसार सडकबाट जीप झण्डै तीन सय मिटर तल खसेको हो । दुर्घटनाको कारण खुल्न सकेको छैन । दिनेश खबरले समाचार लेखेको छ ।

Leave A Reply

Your email address will not be published.