डोटीमा पनि मनाइयो ६६ औं नेपाल प्रहरी दिवस

426

असोज २०, डोटी ।
आज ६६ औं नेपाल प्रहरी दिवस । देशभर प्रहरीले हर्षाेल्लासका साथ यो दिवस मनाउदैछ ।
यसै क्रममा जिल्ला प्रहरी कार्यालय डोटीले पनि विभिन्न कार्यक्रम गरेर यो दिवस मनाएको छ ।
दिवसको अवसर पारेर ब्याडमिन्टन प्रतियोगिता, दौड प्रतियोगिता, शैलेश्वरी मन्दिर परिसर सरसफाइ र आज औपचारिक कार्यक्रम गरि दिवस मनाएको हो ।
बुधबार जिल्ला प्रहरी कार्यालय परिसरमै आयोजित औपचारिक कार्यक्रममा ब्याडमिन्टन प्रतियोगिता, दौड प्रतियोगितामा विजेता र सहयोग गर्नेहरुलाई पुरस्कृत एवं सम्मान गरिएको छ ।
कार्यक्रममा प्रमुख अतिथिको रूपमा बोल्दै डोटीका निमित्त प्रमुख जिल्ला अधिकारी किरण जोशीले  निष्ठावान र कर्तव्यनिष्ट भएर जिम्मेवारी पूरा गर्ने प्रहरी सबैलाई धन्यवाद दिदै देश र जनताको लागि सदैव काममा लाग्न आग्रह गरिन ।
कार्यक्रममा सहभागी एवं सहयोग गर्ने सबैलाई धन्यवाद मन्तव्य राख्दै जिल्ला प्रहरी कार्यालय डोटी प्रमुख प्रहरी उपरीक्षक दान बहादुर मल्लले नेपाल प्रहरीले संविधान प्रदत्त आम नागरिकको अधिकार र राष्ट्रका लागि जिम्मेवार भएर लागिरहेको बताए । कार्यक्रममा जिल्ला स्थित विभिन्न सरकारी कार्यालयका कर्मचारी, सुरक्षाकर्मी, पत्रकार लगाएत सरोकारवालाहरुको बाक्लो उपस्थिति रहेको थियो ।

Leave A Reply

Your email address will not be published.