भगवती आधारभुत विद्यालय डोटीको सामाजिक परीक्षण सम्पन्न

922

मंसिर १०, डोटी ।
डोटीको पूर्वीचौकी गाउँपालिका वडा नम्बर १ खिरसैनको तल्लोफुलौट, पटकानी स्थित भगवती आधारभुत विद्यालयको आर्थिक वर्ष २०७७/०७८ को वार्षिक सामाजिक परीक्षण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।
सामाजिक परीक्षण समितिका संयोजक एवं शिक्षक अभिभावक संघका अध्यक्ष दीर्घ सिं डौडीको अध्यक्षता एवं पूर्वीचौकी गाउँपालिका उपाध्यक्ष निर्मलादेवी साउँदको प्रमूख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा विद्यालयको आय–व्यय सहितको प्रतिवेदन प्रधानाध्यापक क्षेत्र बहादुर खड्का र शैक्षिक अवस्था सम्बन्धी प्रतिवेदन शिक्षक टेकराज ओझाले सार्वजनिक गरेका थिए ।

No description available.
दुवै प्रतिवेदनमाथि कार्यक्रमका सहभागिहरुबिच खुल्ला छलफल सहित पारित गरिएको थियो ।
कार्यक्रममा बोल्दै पूर्वीचौकी गाउँपालिका उपाध्यक्ष साउँदले विद्यालयमा राजनीति गर्न नहुने बताईन् ।
सो विद्यालय रहेको वडाका जनप्रतिनिधीहरुलाई विद्यालयप्रति चासो देखाउन आग्रह गर्दै अभिभावकहरुले पनि जनप्रतिनिधीहरुलाई घच्घच्याउन आवश्यक रहेको बताईन् ।
त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि पूर्वीचौकी गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमूख विनोद भट्टले विद्यार्थीहरुको नियमिततामा अभिभावकहरुले जोड दिनुपर्ने बताए ।
त्यस्तै विद्यालयको भौतिक एवं शैक्षिक विकासका लागि आफुले सक्दो सहयोग गर्ने उनले प्रतिवद्धता जनाए ।
पर्याप्त जमीन परिसर भएकाले समुदाय जुट्न सकेमा विद्यालयको भविष्य माध्यमिक तहसम्म बनाउन सकिने देखिएकाले सबैको सहयोग आवश्यक रहेको पनि उनले बताए ।
त्यस्तै सो विद्यालय व्यवस्थापन समिति अध्यक्ष डिल बहादुर ऐरले विद्यालयलाई भौतिक विकास र अन्य विषयमा सहयोग गर्ने सबैलाई हार्दिक आभार सहित धन्यवाद व्यक्त गरे ।
कार्यक्रममा स्थानीय जनप्रतिनिधी, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक अभिभावक संघका पदाधिकारी, अभिभावकहरु, शिक्षक, पत्रकार, विद्यार्थी लगाएतको सहभागिता रहेको थियो ।No description available.

Leave A Reply

Your email address will not be published.