नेपाली काङ्ग्रेस डोटीको सभापतिमा नरेन्द्र बहादुर सिंह विजयी

1,095

मंसिर ८, डोटी ।

नेपाली कांग्रेस डोटीको जिल्ला सभापतिमा नरेन्द्रबहादुर सिंह विजयी भएका छन् । आज बुधबार भएको दोस्रो चरणको निर्वाचनमा सिंहले भूमिराज बडूलाई पराजित गर्दै जिल्ला सभापतिमा विजयी भएका हुन् ।
दोश्रो चरणको मतदानमा ९ सय ८७ मत खसेकोमा सिंहले ५६८ मत ल्याएर विजयी भएका हुन् भने उनका प्रतिद्वन्द्वी बडूले ३९७ मत ल्याएका छन् ।
हिजो मंगलबार भएको पहिलो चरणको निर्वाचनमा १ हजार ८७ मत खस्दा सिंहले ३६८, बडुले ३४२, निवर्तमान सभापति प्रदिप देउवाले २१४, नरबहादुर ढाँटले ९१ र टेकराज ओझोले ३४ मत प्राप्त गरेका थिए ।
सभापति पदका लागि ५ प्रतिस्पर्धीमध्ये ५० प्रतिशत मत कसैको नपुगेपछि दोस्रो चरणमा निर्वाचन भएको थियो ।

Leave A Reply

Your email address will not be published.