डोटीको तल्लोफुलौटमा सामुदायिक स्वास्थ्य इकाइ केन्द्र भवन उद्घाटन

953

मंसिर १०, डोटी ।
डोटीको पूर्वीचौकी गाउँपालिका वडा नं. १ खिरसैनको तल्लोफुलौटमा निर्मित सामुदायिक स्वास्थ्य इकाइ केन्द्रको भवनको शुक्रबार उद्घाटन गरिएको छ ।
सुदूरपश्चिम प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयको रु. १५ लाख सहयोगमा गत असारमा निर्माण सम्पन्न भएको भवनको पूर्वीचौकी गाउँपालिका उपाध्यक्ष निर्मलादेवी साउँदले उद्घाटन गरेकी हुन् ।
मापदण्ड अनुसार सामुदायिक स्वास्थ्य इकाइ केन्द्रमा दुइ जना स्वास्थ्यकर्मीको व्यवस्था हुनुपर्ने भए पनि हाललाई जनशक्ति भने नरहेको खिरसैन स्वास्थ्यचौकीका प्रमूख दिल बहादुर धामीले बताए । यद्यपी उक्त भवनबाट गाउँघर क्लिनिकका कार्यक्रमहरु सञ्चालन गरिने उनले बताए ।
सामुदायिक स्वास्थ्य इकाइ केन्द्रको उद्धेश्य अनुरुप प्रभावकारी रुपले सञ्चालन गर्ने गरी जनशक्ति व्यववस्थापन गरिदिन स्थानीय भगवती आधारभुत विद्यालयका प्रधानाध्यापक क्षेत्र खड्काले स्वास्थ्य सम्बन्धी उपल्लो निकाय, पूर्वीचौकी गाउँपालिका र सबै सरोकारवालासँग विशेष आग्रह गरे ।
उक्त सामुदायिक स्वास्थ्य इकाइ केन्द्र नियमित सञ्चालन हुनसकेमा उक्त वडाका डौडी गाउँ, धामी गाउँ, वयलडाँडा, कणाल गाउँ, भणार गाउँ लगाएत तल्लोफुलौट क्षेत्रका बासिन्दाहरु लाभान्वित हुनेछन् ।

No description available.

Leave A Reply

Your email address will not be published.