काङ्ग्रेस महाधिवेशन : भारी मत अन्तर सहित सभापतिमा पुन: देउवा विजयी

457

मंसिर २९, काठमाण्डौ ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट पुनः शेरबहादुर देउवा सभापतिमा निर्वाचित भएको छन् ।

मंगलबार सम्पन्न दोस्रो चरणको निर्वाचनमा डा. शेखर कोइरालालाई पराजित गर्दै देउवा दोस्रो कार्यकालका लागि सभापतिमा निर्वाचित भएका हुन् ।
राति अबेरसम्म सकिएको मतगणना अनुसार देउवाले २ हजार ७ सय ३३ मत लल्याउदा शेखर कोइरालाले १ हजार ८ सय ५५ मत ल्याएका छन् ।
दोस्र‍ो चरणमा ४ हजार ६ सय २३ प्रतिनिधिले मतदान गरेका थिए । जसमध्ये ३५ मत बदर भएको जनाइएको छ ।
कुल ४ हजार ७ सय ४३ महाधिवेशन प्रतिनिधिमध्ये पहिलो चरणमा ४ हजार ६ सय ६९ जनाले मतदान गरेका थिए । तर सभापतिका पाँचमध्ये कुनै पनि उम्मेदवारले बहुमत ल्याउन नसकेपछी दोस्रो चरणको मतदान भएको हो ।
सबभन्दा धेरै मत पाएका देउवाले २ हजार २ सय ५८ र शेखरले १ हजार ७ सय २ मत पाएका थिए । प्रकाशमान सिंहले ३ सय ७१, विमलेन्द्र निधिले २ सय ५० र कल्याण गुरुङले २२ मत पाएका थिए ।
दोस्रो चरणको मतदान हुँदा सिंह, निधि र गुरुङले देउवालाई समर्थन गरेपछी देउवालाई सभापतिमा जीत हासिल गर्न सहज भएको हो ।
कांग्रेसको १४ औं महाधिवेशनमा नेतृत्व परिवर्तनको मुद्दा पेचिलो ढंगले उठे पनि मत परिणामले भने पूरानै नेतृत्वलाई निरन्तरता दिएको छ ।
वि.सं. २०७२ मा भएको १३ औं महाधिवेशनमा पनि शेर बहादुर देउवा दोस्रो चरणको मतदानबाटै सभापति निर्वाचित भएका थिए ।

Leave A Reply

Your email address will not be published.