डोटीका ३ कृषकलाई ‘भीमदत्त उत्कृष्ट कृषक पुरस्कार’

955

पुस १, डोटी ।
डोटीका ३ जना कृषकलाई ‘भीमदत्त उत्कृष्ट कृषक पुरस्कार’ प्रदान गरिएको छ ।
सुदूरपश्चिम प्रदेश सरकार, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्तरगत कृषि विकास निर्देशनालय दिपायल डोटीले उनिहरुलाई पुरस्कृत गरेको हो ।
पुरस्कृत हुनेमा जोरायल गाउँपालिका वडा नं. १ का खडक बहादुर मल्ल, जोरायल गाउँपालिका वडा नं. ३ का बिस्नादेवी अवस्थी र शिखर नगरपालिका १० का देवकी कुमारी दियाल (महरा) रहेका छन् ।

No description available.
कृषक मल्ल तरकारी खेतीबाट, अवस्थी तरकारी र च्याउँ खेतीबाट र महरा पशुपालन व्यवसायबाट पुरस्कृत भएका हुन् ।
कृषि विकास निर्देशनालयमा आयोजित एक कार्यक्रमकाबिच उनिहरु प्रत्येकलाई नगद रु. २५ हजार र सम्मान–पत्र सहित पुरस्कार प्रदान गरिएको हो ।
सुदूरपश्चिम प्रदेश सरकारले गत वर्ष नै कार्यविधी बनाएर यो पुरस्कार प्रदान गर्ने तयारी गरेको र यस वर्षबाट शुरुवात गरेको कृषि विकास निर्देशनालय दिपायलका प्रमूख यज्ञराज जोशीले बताए ।

May be an image of 7 people, people standing and outdoors
सुदूरपश्चिमका ९ वटै जिल्लामा ३/३ जनाका दरले कृषकहरुलाई उक्त पुरस्कार प्रदान गरिएको उनले बताए ।
ती ९ जिल्लाका २७ जना कृषकमध्येबाट पनि १ जनालाई सर्वोत्कृष्ट र ४ जनालाई उत्कृष्ट गरी ५ जना कृषकलाई यहि पुस ५ गते डोटीमै आयोजना गरिने कार्यक्रमबाट सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनिता चौधरी लगाएतको उपस्थितीमा पुरस्कार प्रदान गरिने जोशीले जानकारी दिए ।

डडेल्धुरामा जन्मिएका किसान नेता एवं सहिद भीमदत्त पन्तको नामबाट पुरस्कार प्रदान गरिएको हो ।

पुरस्कारको राशि भन्दा पनि किसानलाई गरिएको सम्मान महत्वपूर्ण भएको र यसले अरुलाई पनि कृषि कर्ममा लाग्न प्रेरित गर्न खोजिएको कृषि ज्ञान केन्द्र डोटीका प्रमूख नरेन्द्र पनेरूले बताए ।
कृषि र पशुपालन क्षेत्रमा राम्रो गर्ने किसानहरुको हौसलाका लागि पुरस्कार र सम्मान प्रदान गरिएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र डोटीका प्रमूख खडक बहादुर शाहले बताए ।
‘भीमदत्त उत्कृष्ट कृषक पुरस्कार’बाट आफु पुरस्कृत भएकोमा खुशी व्यक्त गर्दै जोरायल गाउँपालिका वडा नं. १ का कृषक खडक बहादुर मल्लले वि.सं. २०५८ सालदेखि तरकारी खेतीमा लागेको अहिले आएर उपलब्धी हासिल गरे झैं महशुस भएको बताए ।
तरकारी खेती गर्न शुरुवात गर्दाकै समयमा ५१ दिने ग्रामीण कृषि कार्यकर्ता तालीम लिएका मल्लले पछिल्लो समयमा मल्ल तरकारी फर्ममार्फत २० रोपनी जमीनमा तरकारी खेती गर्दै आएको बताए ।
जसबाट सिजनमा ३ देखि ५ लाखसम्म आम्दानी हुने गरेको उनले अनुभव साँटे ।
ग्रामीण कृषि कार्यकर्ता संजाल नेपालका केन्द्रिय उपाध्यक्ष समेत रहेका मल्लले आफुले सामान्य लेखपढ गरेको भए पनि हाल लि–वर्डमा सहजकर्ताको जागिर समेत गरिरहेको र जिल्लाभित्र एवं बाहिरसम्म गएर कृषि सम्बन्धी तालिम दिंदै आएको बताए । साथै आफुसँगै उनले गाउँका मानिसहरुलाई पनि तरकारी खेतीमा आकर्षित गरी सामुहिक तरकारी खेती गरिरहेको पनि सुनाए ।

May be an image of 5 people and people standing
त्यस्तै जोरायल गाउँपालिका वडा नं. ३ का किसान बिस्नादेवी अवस्थीले आफुले हालसम्म कुनै पनि प्राविधिक तालिम नलिएरै भए पनि च्याउ खेती, तरकारी खेती, मसलाबालीको खेती र कुखुरापालन गर्दै आएको बताईन् ।
शुरुमा २ पोकाबाट शुरु गरेको च्याउँ खेती पछिल्लो समयमा ५ सय पोकासम्म उत्पादन गर्ने गरेको उनले सुनाईन् । महिला भएर पनि आफुले गरेको खेतीलाई मुल्याङ्कन गरी पुरस्कृत गरेकोमा उनले कृषि विकास निर्देशनालयलाई धन्यवाद दिईन् ।

May be an image of 5 people and people standing
त्यस्तै शिखर नगरपालिका वडा नं. १० का कृषक देवकी कुमारी दियाल (महरा)ले आफुले गरेको पशुपालनको स्थलगत अनुगमन र मूल्याङ्कन गरी आफुलाई पुरस्कृत गरेकोमा निकै खुशी व्यक्त गरिन् । साथै आफुले २० रोपनी जमीनमा तरकारी खेती पनि गर्दै आएको र राम्रै आम्दानी भईरहेको उनले बताईन् ।

पशुपालन र कृषि सम्बन्धी हालसम्म आफुलै कुनै किसिमको तालिम नलिएकाले तालिम पाउन सकेमा अँझै राम्रो गर्न सकिने महराले बताईन् ।

May be an image of 5 people and people standing

Leave A Reply

Your email address will not be published.