एमाले डोटी जिल्ला अधिवेशन पुस २३ र २४ गते हुने, कसलाई के जिम्मेवारी तोकियो ?

1,206

प्रेम नेपाली
पुस १२, डोटी ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) डोटीको जिल्ला अधिवेशन यही पुस २३ र २४ गते हुने भएको छ ।
सोमबार बसेको एमाले डोटी जिल्ला कमिटी बैठकले आसन्न जिल्ला अधिवेशन राजपुरको सेती सभाहलमा आयोजना गर्ने र अधिवेशन सम्पन्न गर्न विभिन्न व्यक्तिहरुलाई जिम्मेवारी पनि तोकेको छ ।
अधिवेशन सम्पन्न गर्न एमाले डोटी जिल्ला अध्यक्ष चक्र मल्लको संयोजकत्वमा ५०१ सदस्यीय मूल आयोजक कमिटी गठन भएको छ ।
त्यस्तै प्रतिवेदन लेखनमा एमाले जिल्ला अध्यक्ष चक्र मल्ल र सचिवालय सदस्य धन बहादुर नेपाली, प्रतिनिधि व्यवस्थापन समिति संयोजकमा जिल्ला उपाध्यक्ष दुर्गादत्त ओझा, आर्थिक व्यवस्थापन समितिको संयोजकमा उप-सचिव मञ्जु मलासी, खाद्य व्यवस्थापन समिति संयोजकमा रमेश खडायत, आवास व्यवस्थापनमा नयन बोहरा, स्वयंसेवक व्यवस्थापनमा डम्बर डौडी र नरेश मलाशी, यातायात व्यवस्थापनमा शिवराज साउँद, अतिथि सत्कारमा बम बहादुर बम, प्रचार-प्रसार संयोजकमा जिल्ला सचिव लक्ष्मण मलासी र साँस्कृतिक समितिमा प्रेम नेपाली र मोहन थापालाई जिम्मेवारी दिईएको एमाले डोटीले जनाएको छ ।
यसैगरी जिल्ला अधिवेशनमा प्रतिनिधि बन्न सम्बन्धित वडाका संगठित सदस्यको अन्यबाट ३५ जना बराबर १ जना आउन पाउने, दलित, महिला र जनजातिको हकमा २५ जना बराबर १ जना प्रतिनिधि पठाउनुपर्ने निर्णय भएको एमाले डोटी जिल्ला अध्यक्ष चक्र मल्लले नजर अनलाइनलाई जानकारी दिए ।
यसैबीच एमालेले जिल्ला कमिटी सदस्य संख्या बढाएर जम्मा १३५ सदस्यीय कमिटी बनाएको छ ।
सोही बैठकबाटै नयाँ मनोनीत गरेका सदस्यहरुलाई सपथग्रहण समेत गराईएको छ ।
त्यस्तै डोटी जिल्लाबाट प्रदेश कमिटी सदस्यमा मनोनीत भएर सपथग्रहण गर्न बाँकी रहेका नेताहरूलाई समेत सफत ग्रहण गराइएको छ ।
बैठकका प्रमुख अतिथि नेकपा (एमाले) पोल्युटब्युरो सदस्य तथा डोटी जिल्ला ईन्चार्ज गौरी ओलीले सपथग्रहण गराएकी हुन्
बैठकलाई सम्बोधन गर्दै नेतृ ओलीले एमालेको दशौं महाधिवेशनबाट आफुलाई डोटी जिल्लाबाट केन्द्रीय सदस्यमा विजयी गराउन सहयोग गरेकोमा महाधिवेशन प्रतिनिधिहरु तथा शुभचिन्तक सबैलाई धन्यवाद व्यक्त गरिन् ।
पछिल्लो समयमा पार्टीभित्र उत्पन्न परिस्थिति र भए गरेका कमिकमजोरीबाट भएको सिकाईलाई सकारात्मक पाठ लिदै आगामी दिनमा सहमति र सहकार्य गरेर पार्टीलाई एकढिक्का बनाएर एकताको संदेश सहित अगाडि बढ्नु पर्नेमा उनलेे विशेष जोड दिईन् ।
सबै नेता, कार्यकर्ता र शुभचिन्तकहरु सबैलाई पार्टी शशक्तिकरणको अभियानमा एकजुट भएर जुट्न पनि आग्रह गरिन् ।
त्यस्तै हालै गठित नेकपा एकिकृत समाजवादी पार्टीका डोटी जिल्ला कमिटी उप-सचिव जानकी भट्ट र नेकपा माओवादी केन्द्रका दिपायल सिलगढी नगरपालिका वडा नं ७ का वडा कमिटी अध्यक्ष शालीभान बिष्ट लगायत एमाले प्रवेश गरेको जनाइएको छ ।

Leave A Reply

Your email address will not be published.