डडेल्धुरामा एम्बुलेन्स दुर्घटना, चार जना घाइते

417

भाद्र ९, डडेल्धुरा ।
डडेल्धुराको भालुमारेमा एम्बुलेन्स दुर्घटना हुँदा चार जना घाइते भएका छन्।
डडेल्धुराबाट बैतडीतर्फ गइरहेको बा १ झ १७३२ नम्बरको एम्बुलेन्स मंगलबार साँझ दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जानकारी दिएको छ।

पाटन स्वास्थ्य चौकीको उक्त ऐम्बुलेन्स दुर्घटनामा परी बैतडीको पाटन नगरपालिका –६ का ३९ वर्षीय चालक भुवन भण्डारी, सोही ठाउँका ३८ वर्षीय प्रेमसागर भट्ट, पाटनकै १८ वर्षीय निरज जोशी र डडेल्धुराको अजयमेरु गाउँपालिका –१ की २४ वर्षीया निर्मला विक घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानले बताए।

घाइतेहरुको प्रहरीले उद्धार गरी डडेल्धुरा अस्पताल ल्याएको उनले बताए। अहिले घाइते सबैको अस्पतालमा उपचार भइरहेको डिएसपी न्यौपानेले बताए।

एम्बुलेन्स सडकबाट करिब १ सय ५० मिटर खसेको प्रहरीले जनाएको छ। – दिनेशखबरबाट

Leave A Reply

Your email address will not be published.