पछिल्लो २४ घण्टामा सुदूरपश्चिमका १२९ सहित नेपालमा ८५५ जनामा कोरोना संक्रमण पुष्टी

कूल संक्रमितको संख्या ३३ हजार ५३३ पुग्यो

214

भाद्र ९, डोटी ।

सुदूरपश्चिमका १२९ सहित नेपालमा मंगलबार थप ८५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ३३ हजार ५३३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मंगलबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

यसअघि सोमबारको तथ्यांक अनुसार नेपालमा कोरोना संक्रमितको संख्या ३२ हजार ६७८ थियो ।

सुदूरपश्चिममा थपिएका संक्रमित कुन जिल्लाका कति ?

सुदूरपश्चिम प्रदेशमा मंगलबार फेरि १ सय २९ जनामा कोरोना संक्रमित बिरामी थपिएका छन्। सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल र डोटी जिल्ला अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा १ सय २९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
यस प्रदेशमा रहेका तीन वटै प्रयोगशालामा भएको परीक्षणमा डोटीका ४६, अछामका ३५, कैलालीका ३०, कञ्चनपुर र बझाङका ८/८ र डडेल्धुराका २ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको हो ।

Leave A Reply

Your email address will not be published.