मन्त्री आलेले अश्लील गालीगलौच गरेको सामाग्री बाहिरीएपछी सर्वत्र आलोचना, आलेको सचिवालय भन्छ- एक वर्ष पुरानो सामाग्री हालेर बदनाम गर्न खोजियो

3,011

फाल्गुन ३, डोटी ।
संस्कृति, पर्यटन, तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले भारतको मुम्बईमा बस्ने एक नेपाली युवकलाई अश्लील गालीगलौच गरेको सामाग्री सामाजिक संजालमा भाइरल भएको छ । योसङ्गै मन्त्री आलेको चर्को आलोचना भएको छ ।
उक्त सामाग्रीमा मन्त्री आलेले आमा छोएर असभ्य गाली गरेका छन् । ती युवकले पनि गालीबाट प्रतिवाद गरेका छन् ।
मन्त्री आलेले ती भारतमा बस्ने युवकलाई त्यहीँ बसेकै ठाँउबाट उठाउने बताएका छन् ।
यसबारे मन्त्री आलेको सचिवालयमा बुझ्दा यो सामाग्री एक वर्ष पहिलेको भएको बताइएको छ ।
भारतमा बसेर नेपाली नेताहरुलाई सामाजिक सञ्जालमा असभ्य टिप्पणी गर्दै आएका ती युवकले मन्त्री प्रेम आलेलाई उत्तेजित पारेर एक वर्ष अघि रेकर्ड गरेको भिडियो सार्वजनिक सार्वजनिक गरेको सचिवालयको दावी छ ।
अछाम घर भई भारतको मुम्बई बस्दै आएका नेकपा एमालेका कार्यकर्ता जगत ओलीले निरन्तर रुपमा बल्याकमेल गर्न थालेपछि मन्त्री आलेले उनलाई गाली गरेको मन्त्री आलेका प्रमुख स्वकीय सचिव हेमन्त रेग्मीको प्रतिक्रिया सार्वजनिक भएको छ ।
यो सामाग्री एक वर्ष पुरानो भएको र मन्त्री आलेले विकासका काम गर्दै लोकप्रियता हासिल गरेपछि बद्नाम गर्न उक्त सामाग्री प्रचारप्रसार गरिएको मन्त्री आलेका प्रेस संयोजक बिमल बिस्टले बताए ।
मुम्बईमा बस्ने युवकलाई भने सम्पर्क गर्न सकिएन ।
उक्त सामाग्री समाचारमा प्रयोग गर्न लायक नभएकोले यहाँ समेट्न सकिएको छैन ।

Leave A Reply

Your email address will not be published.