माओवादी केन्द्रका उपाध्यक्ष एमालेमा प्रवेश

1,326

फाल्गुन ६, डोटी ।
डोटीमा नेकपा माओवादी केन्द्र आदर्श गाउँपालिका कमिटीका उपाध्यक्ष रण बहादुर नेपाली नेकपा एमालेमा प्रवेश गरेका छन्। शुक्रबार नेकपा (एमाले) आदर्श गाउँपालिका कमिटीको विस्तारित बैठक एवं अगुवा कार्यकर्ता भेलामा उनलाई नेकपा एमाले पोलिट ब्युरो सदस्य गौरी ओली, डोटी जिल्ला अध्यक्ष चक्र मल्ल लगाएतले टिका र अबिर लगाएर पार्टी प्रवेश गराएका हुन् । यसका साथै अन्य दर्जनौ व्यक्तिहरु नेपाली कांग्रेस र माओवादी केन्द्र परित्याग गरी एमालेमा प्रवेश गरेको नेकपा एमाले आदर्श गाउँपालिका कमिटि अध्यक्ष गोबिन्द पार्कीले जानकारी दिए ।May be an image of 4 people, people sitting and outdoors
आगामी बैशाख ३० गतेका लागि तोकिएको स्थानीय तहको निर्वाचनलाई लक्ष्यित गरी विस्तारित बैठक तथा अगुवा कार्यकर्ता भेला आयोजना गरिएको हो । आदर्श गाउँपालिकामा वि.सं. २०७४ सालको निर्वाचनमा जित हात पारेको एमालेले फेरि पनि जीत हासिल गर्न एकताबद्ध भएर लाग्नुपर्ने र यसबिचमा एमालेबाट निर्वाचित स्थानीय जनप्रतिनिधीले गरेका जनपक्षीय कामहरु जनतामाझ लैजानुपर्ने नेकपा एमालेका अध्यक्ष चक्र मल्लले जोड दिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमूख अतिथी समेत रहेकी एमाले पोलिट ब्युरो सदस्य गौरी ओलीले आगामी स्थानीय तहको निर्वाचनमा पार्टीभित्र सोच विचार गरी स्थानीय स्तरमै उम्मेदवार सर्वसम्मत चयन गरी पार्टीलाई सम्मानजनक मतकासाथ विजयी गराउन सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिईन् ।
कार्यक्रमलाई विभिन्न नेताहरुले सम्बोधन गरेका थिए ।

May be an image of 7 people, people sitting, people standing, tree and outdoors

Leave A Reply

Your email address will not be published.