के होला विवादित एमसिसि ?
फाल्गुन १२, डोटी ।
अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) ले यतिबेला नेपाली राजनीतिक अवस्था निकै तरङ्गित छ ।
नेपाली काङ्ग्रेसका सभापति शेर बहादुर देउवा नेतृत्वको वर्तमान ५ दलिय गठबन्धन सरकारले यही फाल्गुन ८ गते प्रतिनिधि सभामा एमसिसी पास गर्नका लागि टेबुल गरिसकेको छ ।
अमेरिकाले फाल्गुन १६ गतेभित्र जसरी पनि एमसिसी पास गर्न नेपाललाई दवाव दिईरहेको बेला सत्ता साझेदार दलहरू नै एकमत छैनन् ।
नेकपा एमालेबाट चोइटिएर नेकपा एकीकृत समाजवादी पार्टी स्थापना गरेका माधव कुमार नेपाल लगाएत १४ जनालाई प्रतिनिधि सभा सदस्यबाट हटाउन कारवाहीको माग गर्दै संसदमा लामो समयदेखि गतिरोध गरिरहेकै बेला एमसिसी सदनमा टेबुल भएको छ । उता सडकमा पनि एमसिसीको चर्को विरोध सहित आन्दोलन हुँदा नयाँ बानेश्वर तनावग्रस्त बनेको थियो ।
विशेष गरि नेपाली काङ्ग्रेस जसरी पनि एमसिसी पास गर्न भगिरथ प्रयत्न गरिरहेको छ भने नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी यथास्थितिमा एमसिसी पास गर्न नहुने भन्दै आएका छन् ।
प्रमुख प्रतिपक्षी एमाले भने अझैसम्म खुलेर पक्ष वा विपक्ष भनेर निर्णयमा पुगेको देखिदैन ।
एउटा बृत्तमा कतिपयले एमसिसी देशको हितमा नरहेको भन्दै पास गर्न नहुने पक्षमा छन् भने अर्कोतिर एमसिसीबारे विस्तृत अध्ययन नै नगरेर अनावश्यक विरोध भैरहेको र यसलाई पास गर्नुपर्नेमा जोड गरिरहेका छन् ।
के छ एमसिसीमा यो लिङ्क क्लिक गरेर हेर्नुहोस् – najaronline.com/…/uploads/2022/02/MCC.pdf