गाउँ-गाउँमा एमालेको चर्चा !

707

फाल्गुन ९, डोटी ।
नेकपा एमालेको चर्चा गाउँ-गाउँमा रहेको एमाले नेता दुर्गादत्त ओझाले बताएका छन् ।
एमाले जोरायल गाउँपालिका कमिटीको सोमबार आयोजित विस्तारित बैठक तथा अगुवा कार्यकर्ता भेलामा उनलेे यस्तो बताएका हुन् ।
गरिब, विपन्न, महिला, दलित, जनजाति, अपांग लगाएत आम जनताको पक्षमा काम गर्ने पार्टी एमाले भएकोले जनता एमालेको पक्षमा भएकै कारण सर्वत्र एमालेको चर्चा रहेको ओझाले बताए ।
जोरायल गाउँपालिकाकै सन्दर्भमा हेर्दा ६ वटै वडामा एमाले शशक्त बन्दै गएको र केही व्यक्तिहरु समाजवादी पार्टीको योजना दिने नाममा पार्टीमा लाउने काम भएको भए पनि एमालेबाट समाजवादी पार्टीतिर लागेकाहरु समेत ढिलो चाडो एमालेमै फर्किने विश्वासका साथ उनलेे दावी पनि गरे ।
जोरायलमा २०७४ सालको निर्वाचनबाट निर्वाचित भएपछि चुनावी घोषणा पत्र अनुसारका ८० प्रतिशतभन्दा बढी काम पूरा गरेको जोरायल गाउँपालिकाका अध्यक्ष समेत रहेका नेता ओझाले बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य एवं प्रमुख अतिथि पदमराज भट्टले एमालेलाई हिजोको निर्वाचनमा जीत हासिल गरेका ठाउँमा निरन्तरता दिदै पराजित ठाउँमा पनि जीत हुने गरि लाग्न सम्पूर्ण पार्टी पङ्क्तीलाई आग्रह गरेका छन् ।
एमाले केन्द्रदेखि नै देशव्यापी निर्वाचन लक्ष्यित अभियानमा जुटिसकेको हुँदा प्रदेश, जिल्ला, पालिका, वडा र टोलसम्म योजनाबद्ध अभियान संचालन गर्नुपर्ने भट्टले बताए ।
नेकपा एमाले र एमालेले नेतृत्व गरेका जनप्रतिनिधिहरुले गरेका कामहरु आम जनस्तरमा प्रचारप्रसार गर्न पनि उनलेे सबैलाई आग्रह गरेका छन् ।
एमालेको जनमत देखेर वर्तमान ५ दलिय गठबन्धनको सरकार डराइरहेको एमाले नेताहरूले बताएका छन् । जसले गर्दा सत्ता साझेदार दलहरू एमसिसी, प्रधानन्यायाधीश माथी महाअभियोग र निर्वाचन मिति बारे सर्वोच्चमा मुद्दा दर्ता गर्न लाएर निर्वाचन सार्ने दुस्साहस गरिरहेको एमालेको निष्कर्ष छ ।
बैठकमा एमालेले जोरायल गाउँपालिकाको सबै वडाहरुमा पार्टीको अवस्थाबारे समिक्षा र रिपोर्टिङ पनि गरेको छ ।
बैठकबाट जोरायल गाउँपालिकाको ६ वटै वडामा यहि फाल्गुन २० गतेभित्र टोल कमिटी गठन गर्न बाकी ठाउँमा टोल कमिटी गठन गर्ने र फाल्गुन मसान्तभित्र एमालेले बोकेका लक्ष्य, नीति र गरेका विकासका काम जनतामाझ लैजाने योजना बनाएको एमाले जोरायल गाउँकमिटी अध्यक्ष तीर्थ भण्डारीले जानकारी दिए ।
यस्तै सोही कार्यक्रममा जोरायल गाउँपालिका वडा नम्बर ३ मा २०७४ को स्थानीय निर्वाचनमा वडा सदस्यका उम्मेदवार कमला कामी लगाएत ६ जनाले एमाले पार्टी प्रवेश गरेका छन् ।
कार्यक्रममा एमालेका प्रदेश, जिल्ला, पालिका, वडा तहका नेताहरुले मन्तव्य राखेका थिए ।
यसैबीच आजै नेकपा एमाले जोरायल गाउँपालिका कमिटीको कार्यालय पनि उद्घाटन गरिएको छ ।
गाउँपालिकाको केन्द्र रावतकट्टेमा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य पदमराज भट्ट, एमाले नेता तथा जोरायल गाउँपालिका अध्यक्ष दुर्गादत्त ओझा लगाएत नेता कार्यकर्ताहरुको उपस्थितिमा कार्यालय उद्घाटन गरिएको हो । कार्यक्रम एमाले जोरायल गाउँपालिका कमिटी सचिव चित्रराज भट्टले संचालन गरेका थिए ।

Leave A Reply

Your email address will not be published.