काङ्ग्रेसका पूराना र प्रभावशाली नेता बिरु भुल एमालेमा
फाल्गुन १२, डोटी ।
डोटीको पुर्वीचौकी गाउँपालिका वडा नम्बर १ छेपलाडीका नेपाली काङ्ग्रेसका पूराना र प्रभावशाली नेता बिरु भुल एमालेमा प्रवेश गरेका छन् ।
झन्डै चार दशकदेखि आफू काङ्ग्रेस राजनीतिमा सक्रिय रहदै आएकोमा काङ्ग्रेसभित्रको गतिविधि चित्त नबुझेपछी उनी एमालेमा प्रवेश गरेको एमाले पुर्वीचौकी १ का वडा कमिटी अध्यक्ष जनक खड्काले बताए ।
बिरु भुलसङ्गै करन साउँद, केशर सिंह खड्का लगाएतको टिम पनि काङ्ग्रेस परित्याग गरेर एमाले प्रवेश गरेको जनाइएको छ ।
उनीहरुलाई पुर्वीचौकीका प्रभावशाली युवा नेता एवं नेकपा एमाले डोटी जिल्ला कमिटी सदस्य डम्बर सिं डौडीले टीका माला लगाएर पार्टी प्रवेश गराएका हुन् ।
उनलाई विहीबार नै छेपलाडी स्तरीय टोल कमिटी अध्यक्षको जिम्मेवारी समेत प्रदान गरिएको छ । उनको अध्यक्षतामा २१ सदस्यीय टोल कमिटी गठन गरिएको जनाइएको छ ।
स्थानीय तहको निर्वाचन आगामी बैशाख ३० गतेका लागि मिति समेत घोषणा भैसकेको अवस्थामा उनी एमाले प्रवेश गरेसङ्गै एमालेको पक्षमा थप पकड जमाउने एमालेले विश्वास लिएको छ ।