शैलेश्वरी अस्पतालका सञ्चालक कुँवर आफ्नै रगत दिएर बिरामीको ज्यान जोगाउँदै
झलक पाली
भाद्र १०, डोटी
डोटीको दिपायल पिपल्लामा रहेको शैलेश्वरी अस्पतालका सञ्चालक आइजङ्ग कुँवरले आफ्नै रगत दिएर बिरामीको ज्यान जोगाएका छन् ।
डोटीको के.आई.सिंह गाउँपालिका वडा नं. ३ बासुदेवीका वर्ष २० का तुली बडैलालाई ज्वरो आएको अवस्थामा हिजो मंगलबार १३ हप्ताको गर्भ तुहिंदा अत्याधिक रक्तश्राव हुँदा रगत चढाउनुपर्ने भएपछि कुँवरले आफ्नै रगत दिएर ज्यान जोगाएका हुन् ।
मंगलबार राती साढे ११ बजेको समयमा अत्यधिक रक्तश्राव भईरहेकै अवस्थामा तुलीका ६६ वर्षका सशुरा गोरे सिं बडैला र ६० वर्षकी शासु थेउची बडैलाले उनलाई उस्पताल पुर्याएका थिए ।
शैलेश्वरी अस्पतालका डा. दुर्गा महर्जनले बिरामीलाई चाहिने ‘ओ पोजेटिभ’ रगत तत्काल दिनुपर्ने शासु–सशुरालाई भनेपछि दुवै जना वृद्धवृद्धा रहेकोले रगत दिने मान्छे अरु कोहि नहुँदा अस्पताल सञ्चालक कुँवर आफैले रगत दिएको बताए ।
जिल्लामा ब्लड बैंक नहुँदा कैयौं बिरामी र दुर्घटनाका बेला घाइते मानिसहरुलाई चाहिने रगतको व्यवस्था गर्न बेला–बेलामा समस्या हुने गरेको छ ।
Blood bank 6 Doti jilla !
Blood bank 6 Doti jilla ma ! But we need 1 more branch of redcross at near Pipalla area!