स्थानीय निर्वाचन २०७९ : डोटीमा कुन स्थानीय तहमा कति मतदाता ?
चैत्र १४, डोटी ।
निर्वाचन आयोगले आगामी बैशाख ३० गते शुक्रबार हुने स्थानीय तह निर्वाचनका लागि देशभरका पालिकामा रहेका मतदाताहरु, मतदान स्थल र मतदान केन्द्र संख्या सार्वजनिक गरेको छ ।
आयोगको वेवसाइटमा राखिएको सूचना अनुसार डोटीमा कूल मतदाता संख्या १ लाख २३ हजार ५ सय ५४ रहेको छ । आगामी बैशाख २९ गतेसम्म १८ वर्ष पूरा भएका मतदाताहरुलाई यसमा समावेश गरिएको छ । यद्यपी वडागत, मतदान स्थल र मतदान केन्द्रगत मतदाता संख्या विवरण अँझै सार्वजनिक हुन बाँकी छ ।
डोटीमा कुन स्थानीय तहमा कति मतदाता, कति मतदान स्थल र मतदान केन्द्र ? हेर्नुहोस् तालिका –
यसैबिच निर्वाचन आयोगले स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ७ बमोजिम जिल्ला न्यायाधीश र राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृत स्तरका कर्मचारीहरुलाई क्रमशः मूख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतका रुपमा जिम्मेवारी तोकेको छ । उनिहरुलाई यहि चैत्र २९ गतेदेखि लागु हुने गरी मूख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको पदमा नियुक्त गरिने निर्वाचन आयोगले जनाएको छ । सुदूरपश्चिमको हकमा जिम्मेवारी तोकिएका मूख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरुका लागि आगामी बैशाख २ गते धनगढीमा निर्वाचन व्यवस्थापन सम्बन्धी अभिमूखिकरण कार्यक्रम आयोजना गरिने पनि निर्वाचन आयोगको कार्यालयले जनाएको छ ।
डोटीमा मूख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत को कुन पालिकामा ? तालिकामा हेर्नुहोस् –
निर्वाचन हुन अब ४६ मात्रै बाँकी रहेको छ ।