डोटीमा हृदयघातबाट वडा अध्यक्षको निधन

935

मंसिर १५, डोटी
डोटीको पुर्वीचौकी गाउँपालिका – ६ का वडा अध्यक्ष पुष्पराज जोशीको हृदयघातका कारण निधन भएको छ। बुधबार राति एक्कासि हृदयघातका कारण ६५ वर्षीय अध्यक्ष जोशीको निधन भएको हो ।
जिल्ला अस्पताल डोटीका डाक्टर सोहन शाहका अनुसार अध्यक्ष जोशीलाई अस्पताल पुगाउँदासम्म मृत्यु भइसकेको जानकारी दिए । मृतक जोशीको हृदयघातका कारण मृत्यु भएको डाक्टर शाहले बताए ।
बुधबार मात्र गाउँपालिकाको बैठक सकेर आफ्नो घर जाने बेला बाटाेमा एक्कासि बेहोस भएर ढलेका अवस्थामा जोशीलाई भेटाएकाे वडा नम्बर -४ का वडा अध्यक्ष बल बहादुर खड्काले बताए ।
२०७९ साल बैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा उनी नेपाली कांग्रेसबाट वडा अध्यक्षमा निर्वाचीत भएका थिए ।

Leave A Reply

Your email address will not be published.