डोटीको जोरायलमा लैङ्गिक हिंसा विरुद्ध सचेतनामूलक डेउडा प्रतियोगिता सम्पन्न, जयलक्ष्मी समूह प्रथम

1,037

मंसिर २०, डोटी ।
डोटीको जोरायल गाउँपालिकामा पालिका स्तरीय लैङ्गिक हिंसा विरुद्ध सचेतनामूलक डेउडा प्रतियोगिता सम्पन्न भएको छ ।
युनिसेफसङ्गको सझेदारीमा जोरायल गाउँपालिकाद्वारा संचालित बाल संरक्षण परियोजना र सम विकास केन्द्र (इडिसी) नेपाल डोटीको परिवर्तन परियोजनाको सहयोगमा जोरायल गाउँपालिकाले आयोजना गरेको उक्त प्रतियोगितामा जयलक्ष्मी स्वास्थ आमा समूह वडा नम्बर १ प्रथम भएको छ ।
त्यसैगरी वडा नम्बर ४ को लक्ष्मीनगर ‘क’ समूह दोश्रो भएको छ भने वडा नम्बर ५ को आमा समूह ‘ख’ तेस्रो भएको छ ।
प्रतियोगितामा जोरायल गाउँपालिकाका ६ वटै वडाबाट दुइ/दुइ वटा समूह गरेर जम्मा १२ वटा समूह सहभागी रहेको जोरायल गाउँपालिकाका बाल संरक्षण कार्यक्रम संयोजक डम्बर बोहराले जानकारी दिए ।
कार्यक्रममा बोल्दै जोरायल गाउँपालिका उपाध्यक्ष एवं कार्यक्रमका सभा अध्यक्ष जमुना बोहराले लैङ्गिक हिंसा न्यूनीकरण गर्दै समाज विकासमा लाग्न सबैलाई अनुरोध गरिन ।
साथै लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानका क्रममा जोरायल गाउँपालिकाले वडामा र पालिका तहमा विभिन्न सचेतनामूलक कार्यक्रम संचालन गर्दै आएको पनि बताइन् ।
अभियान सफल पार्न भुमिका खेल्ने सबैलाई धन्यवाद दिदै जोरायलभित्र बढी जसो घरेलुु हिंसाका घटना देखिने गरेकोमा आगामी दिनमा कुनै पनि हिंसा भए गरेको सुन्न र देख्नु नपर्ने गरि लाग्न सबैलाई अनुरोध समेत गरिन ।
कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, वडा वडाबाट सहभागी महिला, स्थानीयबासिन्दा, पत्रकार लगाएतको सहभागिता रहेकोे थियो ।

Leave A Reply

Your email address will not be published.