डोटीको जोरायल गाउँपालिका स्तरीय बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा लोकेश साउँद
मंसिर २२, डोटी ।
डोटीको जोरायल गाउँपालिका स्तरीय बाल सञ्जाल विहिबार सर्वसम्मत पुनर्गठन गरिएको छ ।
युनिसेफको सहयोगमा जोरायल गाउँपालिकाले आयोजना गरेको पुनर्गठन कार्यक्रमबाट लोकेश साउँदको अध्यक्षतामा १७ सदस्यीय नयाँ कमिटी गठन गरिएको हो ।
समितिको उपाध्यक्षमा पुष्पा बोहरा, सचीवमा दीक्षा नेपाली, सह-सचिवमा ललिता बोहरा र कोषाध्यक्षमा योगेन्द्र बिष्ट चयन भएका छन् ।
सदस्यहरुमा कुसुम साउँद, कल्पना बुढामगर, बिमल मगर, केशव बिक, आशा मल्ल, गणेश देउवा, महेश बोहरा, सुनिता ओली, सुशिला थापामगर, ललित रावल, ललिता शाहु र ज्योति बोहरा जोरायल गाउँपालिकाका बाल संरक्षण अधिकृत डम्मर बोहराले जानकारी दिए ।
जोरायल गाउँपालिकाको ६ वटै वडाबाट सहभागीता रहने गरि समिति गठन भएको जोरायल गाउँपालिकाका वास कार्यक्रमका सामाजिक परिचालक मेघ बहादुर बोहराले बताए ।
बाल सञ्जाल पुनर्गठन कार्यक्रमका प्रमुख अतिथि एवं जोरायल गाउँपालिका उपाध्यक्ष जमुना बोहराले संविधान, ऐन, कानुनमा भएका बालबालिकाका हक अधिकार सम्बन्धि व्यवस्था पूर्ण कार्यान्वयन हुन नसकेको बताइन् ।
आजका बालबालिका भोलिका कर्णधार भएकाले जोरायलमा नव गठित बाल संजालले समग्र जोरायलभित्रका बालबालिकाको विकास र स्मग्र अन्य विकासका लागि भुमिका खेल्ने विश्वास व्यक्त गरिन ।
कार्यक्रममा जोरायल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशदत्त भट्ट, पालिकाको ६ वटै वडाका बालबालिकाका प्रतिनिधिहरु, पत्रकार लगाएतको सहभागिता रहेकोे थियो ।