जोरायलको बेताल आधारभूत विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिवावक संघ पुनर्गठन

275

मंसिर २५, डोटी ।
डोटीको जोरायल गाउँपालिका ४ बिनोडास्थित बेताल आधारभूत विद्यालयको व्यवस्थापन समिति र शिक्षक अभिवावक संघ पुनर्गठन गरिएको छ ।
एक विशेष कार्यक्रम गरि गठन भएको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा जोरायल ४ का वडा सदस्य बल बहादुर ओली र शिक्षक अभिवावक संघको अध्यक्षमा खेम बहादुर ओली नेतृत्वमा समिति गठन गरिएको हो ।
वि.व्य.स. ९ सदस्य र शि.अ.संघ ११ सदस्यीय गठन गरिएको सो विद्यालयका प्रधानाध्यापक खेम बहादुर खत्रीले जानकारी दिए ।
शि.अ.संघका निवर्तमान अध्यक्ष शेर बहादुर ओलीको अध्यक्षता र सो वडाका अध्यक्ष नन्दराज भट्ट प्रमुख आतिथ्यता र जोरायल गाउँपालिका शिक्षा शाखा अधिकृत तेज बहादुर खत्रीको विशिष्ट आतिथ्यमा आयोजित आम भेलाबाट समिति गठन कार्य सम्पन्न भएको हो ।

Leave A Reply

Your email address will not be published.