डोटीको घण्टेश्वरमा ‘कृषि जैविक विविधता र खाद्य प्रदर्शनी मेला’ सम्पन्न

607

मंसिर २८, डोटी ।
डोटीको जोरायल गाउँपालिका १, घण्टेश्वर, गैरामा ‘कृषि जैविक विविधता र खाद्य प्रदर्शनी मेला’ सम्पन्न भएको छ ।
अक्सफार्म/लि-वर्डको साझेदारीमा संचालित स्थानीय बिउँ प्रणाली सुधार कार्यक्रम र कृषि ज्ञान केन्द्र डोटीको सहयोगमा जैविक विविधता संरक्षण कृषि सहकारी सँस्था लिमिटेड डोटीले उक्त मेला आयोजना गरेको हो ।
स्थानीय रैथाने बालिको संरक्षण, उत्पादन र उपभोग अभिवृद्धिमा जोड दिन मेलाको आयोजना गरिएको लि-वर्डका मुस अफिसर सरोज पन्तले जानकारी दिए ।
कार्यक्रममा बोल्दै क्षेत्रीय कृषि अनुसन्धान केन्द्र भागेतडा डोटीका निर्देशक मथुरा यादवले उक्त ‘कृषि जैविक विविधता र खाद्य प्रदर्शनी मेला’ सुदूरपश्चिम प्रदेश स्तरको र कृषि क्षेत्रमै महत्त्वपूर्ण कार्य भएको बताए ।
त्यस्तै कार्यक्रमका प्रमुख अतिथि एवं जोरायल गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष जगत बहादुर मल्लले जैविक विविधता संरक्षण र कृषि क्षेत्रमा जैविक विविधता संरक्षण कृषि सहकारी सँस्था लिमिटेडले खेलेको भूमिकाको प्रशंसा गर्दै वडा र पालिकाको तर्फबाट यसमा सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
उक्त सहकारी सँस्थाका अध्यक्ष कविराम डागीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा, छिमेकी वडा डडेल्धुराको आलिताल गाउँपालिका १ का वडा अध्यक्ष योगेन्द्र देउवा, कृषि विकास निर्देशनालय, कृषि ज्ञान केन्द्र डोटी लगाएत स्थानीय विभिन्न सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधि, स्थानीय कलाकार, पत्रकार समेतको सहभागिता रहेकोे आयोजक सहकारी सँस्थाका व्यवस्थापक गणेश बिष्टले जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.