सुदूरपश्चिमको सभामुखमा माओवादी केन्द्रका भण्डारी निर्वाचत

176

माघ ३, कैलाली ।

सुदूरपश्चिम प्रदेश सभाको दोस्रो सभामुखमा सत्ता पक्षका उम्मेदवार नेकपा (माओवादी केन्द्र) का प्रदेश सभा सदस्य भीमबहादुर भण्डारी निर्वाचित हुनुभएको छ ।
मङ्गलबार बिहान भएको निर्वाचनबाट भण्डारी सभामुखमा निर्वाचित हुनुभएको हो । उहाँले २९ मत पाउनुभएको छ ।
उहाँलाई सत्ता पक्षका  नेकपा (माओवादी केन्द्र) का ११, नेकपा (एमाले)का १०, नागरिक उन्मुक्ति पार्टीका सात र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का एक गरेर २९ जनाले मत दिनुभएको हो ।
बझाङ जिल्लाको प्रदेश सभा (ख) बाट निर्वाचित भण्डारी तेस्रो पटकको प्रयासमा सभामुखमा निर्वाचित हुनुभएको हो । यसअघि सत्ता पक्षकै प्रदेश सभा सदस्यहरु पहिलो पटक दुई जना अनुपस्थित हुँदा र एक मत बदर भएकोले उहाँले सभामुख हुन आवश्यक पर्ने २७ मत पाउनु भएको थिएन । भने दोस्रो पटक सत्ता गठबन्धनकै दल नागरिक उन्मुक्ती तटस्थ बसेको थियो ।
सभामुखमा निर्वाचित भएपछि भण्डारीले प्रदेश सभालाई एकतावद्ध बनाएर अगाडि बढ्ने बताउनुभयो ।
यस्तै, गरेर विपक्षी गठवन्धनका सभामुखका उम्मेदवार मानबहादुर रावलले पहिलो चुनावमा २३ पाउनु भएको छ । उहाँले नेपाली कांग्रेसका १८, नेकपा (एकीकृत समाजवादी) का चार र स्वतन्त्रका एक जनाको मत पाउनु भएको हो । भने सभामुखको भूमिकामा रहनु कांग्रेसकै  शिवराज भट्टले भने मतदान गर्नु भएन । सभामुखको भूमिकामा रहेका प्रदेश सभा सदस्यले निर्णायक अवस्थामा मात्र मतदान गर्न पाउने व्यवस्था छ ।
सभामुखको भण्डारीको आजै प्रदेश प्रमुख देवराज जोशीबाट पद तथा गोपनियताको सपथ ग्रहण गर्ने कार्यक्रम छ । – गोरखापत्र अनलाइनबाट

Leave A Reply

Your email address will not be published.