‘तिज सुपर धमाका’को पुरस्कार वितरण
किरण धामी
भाद्र १२, डोटी ।
सूचना, मनोरञ्जन र ज्ञानको अनुपम संगम भन्ने मूल नाराका साथ सञ्चालित डोटीको सामुदायिक रेडियो त्रिवेणी एफ.एम. ९४.४ मेगाहर्जले सञ्चालन गरेको २०७७ सालको तीज विशेष रेडियो कार्यक्रम ‘तिज सुपर धमाका’को पुरस्कार वितरण गरेको छ ।
शुक्रबार एक अनौपचारिक कार्यक्रमकाबिच पुरस्कार वितरण गरिएको हो ।
गत साउन ५ गतेदेखि यहि भाद्र ६ गतेसम्म एक महिना सञ्चालन भएको उक्त कार्यक्रममा जम्मा सहभागीबाट ३ जना उत्कृष्ट कलर सहभागिलाई छनोट गरी पुरुस्कार वितरण गरिएको एफ.एम.का स्टेशन म्यानेजर कर्ण चन्दले जानकारी दिए ।
उत्कृष्ट कलर संगै उक्त रेडियो कार्यक्रमलाई प्रायोजन गर्ने प्रायोजकलाई पनि प्रमाणपत्र सहित सम्मान गरिएको म्यानेजर चन्दले बताए ।
कार्यक्रममा छनोट भई पुरस्कृत हुनेमा बोगटान फुडसिल गाउँपालीका ७ चवराचौताराकी बिनिता बम, प्रतीक्षा बि.क. र शिखर नगरपालिका १ कपल्लेकीकी दिपा नागरी रहेका छन् । पुरस्कार ग्रहण गर्दै उत्कृष्ट श्रोता बिनिता बमले त्रिवेणी एफएमले ग्रामीण भेगमा सूचना, समाचार सहित कला–सँस्कृति संरक्षणका लागि महत्त्वपूर्ण भूमिका खेलेको बताईन् ।
पुरस्कारले आफ्नो थप मनोबल बढेको पनि उनले बताईन । उक्त रेडियो कार्यक्रमलाई नवदुर्गा सुनचाँदी गरगहना पसल के.आई.सिंह गाउँपालिका, वायल, अंकित सुनचाँदी गरगहना पसल राजपुर र न्यू तुलसी सुनचाँदी गरगहना पसल दिपायल डोटीले प्रायोजन गरेको थियो ।
