सज्जा चौलागाई बनिन् ‘नेपाल आइडल सिजन थ्री’ कि विजेता
भाद्र १२, काठमाण्डौ ।
सज्जा चौलागाई ‘नेपाल आइडल सिजन थ्री’ कि विजेता बनेकी छन् ।
एपि वान एचडीले आयोजना गरेको ‘नेपाल आइडल सिजन थ्री’ मा चौलागाईं विजेता भएकी हुन् ।
अन्नपुर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले अन्तिम नतिजा घोषणा गर्दै चौलागाई विजेता बनेकी जनाएका हुन् । उनले नगद ५० लाख पुरुस्कार जितेकी छन् ।
त्यस्तै फस्ट रनर अफ प्रविण बेडबाल बनेका छन् । उनले १० लाख नगद प्राप्त गरेका छन् भने किरण कुमार भुजेल तेश्रो भएर नगद ५ लाख पुरुस्कार प्राप्त गरेका छन् ।