सिलगढी बजारको सौन्दर्य बढाउन फूलका गमला वितरण

2,348

असार १९, डोटी ।
डोटीको सिलगढी बजारको सौन्दर्य बढाउन घर–घरमा फूलका गमला वितरण गरिएको छ ।
दिपायल सिलगढी नगरपालिका वडा नं. ६ ले जिल्ला सदरमुकाम समेत रहेको सिलगढी बजार क्षेत्रको सौन्दर्य बढाउन र हरियाली कायम राख्न बजार क्षेत्रका प्रत्येक घरधुरीलाई २/२ वटा प्लाष्टिकका गमला वितरण गरेको हो ।

Нет описания.
ऐतिहासिक महत्व बोकेको र जिल्ला सदरमुकाम समेत रहेको सिलगढी बजारको सौन्दर्य बढाउन बजार क्षेत्रमा फूलका गमला वितरण गरिएको दिपायल सिलगढी–६, का वडा अध्यक्ष नरेश मलासीले बताए । उनले भने–‘सिलगढीको इतिहास हेर्दा
बाइसे–चौबिसे राज्यकालको प्राचिन डोटी गौणादेखि राणाकाल, पञ्चायत हुँदै बहुदलिय व्यवस्थाको २०७४ सालसम्म राजनैतिक र प्रशासनीय हिसाबले ऐतिहासिक महत्व बोकेको ठाउँ हो । त्यसैले सिलगढीको ऐतिहासिकता जोगाइराख्नु पनि हाम्रो दायित्व हो ।’
तर मुलूक संघीय संरचनामा जाँदा सुदूरपश्चिमको राजधानी दिपायलबाट कैलाली सारिनुले सिलगढी पनि सुनसान भएर नराम्ररी प्रभावित भएकोमा उनले दुःख व्यक्त गरे ।

Нет описания.
मंगलबार र बुधबार दुइ दिन लगाएर साढे सात सय वटा गमला वितरण गरिने र हरेक परिवारले गमलामा माटो हालेर फूलका विरुवा आफै रोप्नुपर्ने वडा नं. ६ ले जनाएको छ ।
सिलगढीको पूरातात्विक, साँस्कृतिक, राजनैतिक हिसाबले तथ्यपरक इतिहास लोप हुँदै गए पनि यस ठाउँमा बसोबासका हिसाबले हेर्दा नेवारी समुदायको बाहुल्यता रहेको ठाउँ हो ।
न्यायालय, निजामती सेवा, सुरक्षा, परराष्ट्र सेवामा अब्बल र कहलिएका व्यक्ति जन्माउने सिलगढी भौतिक विकासमा भने निकै पछाडी परेको देखिन्छ ।
हाल नेवार समुदायका अधिकांश मानिसहरु जिल्ला बाहिर बसोबास गर्न थालेपछि बस्ती बाँझो हुँदै जानु, संघीय संरचनामा स्थानीय तहहरुमै अधिकार पुगेपछि र प्रदेश राजधानी जिल्ला बाहिर सारिनुले मानिसहरुको आवतजावतमा कमी आउनु, सिलगढी हुँदै अछाम जोड्ने पहलमान स्वार राजमार्ग सिलगढीको पूरानो बजार क्षेत्रभन्दा फरक साइडबाट निर्माण गरिनु, यहाँका प्राय घरहरु पराम्परागत शैलीकै रहनु, जग्गाजमिनको किनबेच गर्ने वातावरण नहुनले पनि यस क्षेत्रमा आधुनिक शैलीको विकास हुन सकेको देखिंदैन ।

Нет описания.
सुदूरपश्चिमकै प्रसिद्ध पर्यटकीय क्षेत्र खप्तडको प्रवेशद्वार समेत रहेको सिलगढीको सुनसान हुँदै गएको वातावरणलाई आगामी दिनमा पुनर्जीवन दिन पूराना शैलीका घरहरुमा होमस्टे सञ्चालन गर्नुपर्ने, सैयौं वर्ष पूराना जिर्ण घरहरुको मर्मत सम्भार गरिनुपर्ने, जग्गा किनबेच गरी नयाँ संरचना निर्माणको वातावरण सिर्जना गरिनुपर्ने शैक्षिक संघसँस्था स्थापना, उद्योग व्यवसाय सञ्चालन गर्न निजी क्षेत्रबाट लगानीका लागि वातावरण सिर्जना गरिनुपर्ने लगाएत सवालहरु जानकारहरुले उठान गर्न थालेका छन् ।

Нет описания.

Leave A Reply

Your email address will not be published.