जिसस डोटीको गाडी दुर्घटनामा एक महिलाको मृत्यु

1,376

असार २७, डोटी ।
जिल्ला समन्वय समिति डोटीको गाडी दुर्घटनामा एक महिलाको मृत्यु भएको छ ।
जिल्लाको आदर्श गाउँपालिका-२ मौवामा भएको दुर्घटनामा आदर्श गाउँपालिका-१ की ६५ बर्षीया हिरा खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, डोटीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक युवराज भण्डारीले जानकारी दिए । मृतक खड्का पुर्व माननीय लाल बहादुर खड्काकि पत्नी रहेको बुझिएको छ ।
मौवाबाट सायल गाउँपालिकातर्फ गइरहेको बा १ झ ९४३९ नं. को गाडी दुर्घटना भएको हो ।
घटना आज बेलुकी ६ः३० बजे भएको हो । प्रहरीले दिएको जानकारी अनुसार ४२ वर्षका वीर बहादुर खड्काले गाडी चलाएका थिए ।
घाइते हुनेहरुमा बीर बहादुर खड्का, रबीन्द्र सुनार र टेकबहादुर तिरुवा रहेको र उनिहरुको अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ ।
उक्त गाडीमा जिल्ला समन्वय समितिको प्रतिनिधि भने कोही सवार नरहेको जनाइएको छ ।

Leave A Reply

Your email address will not be published.