सरकारी व्यथिती विरुद्ध डोटीका विद्यार्थी संगठनद्वारा प्रजिअलाई संयुक्त ज्ञापन पत्र

384

असार २९, डोटी ।
डोटीका पाँच विद्यार्थी संघसंगठनहरुले जिल्लाका विभिन्न सरकारी कार्यालय, स्थानीय तहहरुमा हुने नीतिगत भ्रष्टाचार र सरकारी सवारी साधन दुरुपयोग नियन्त्रण गर्न माग गर्दै प्रमूख जिल्ला अधिकारीलाई शुक्रबार संयुक्त ज्ञापन पत्र बुझाएका छन् ।
अनेरास्ववियु, नेपाल विद्यार्थी संघ, अखिल (क्रान्तिकारी), अनेरास्ववियु (क्रान्तिकारी) र अनेरास्ववियु (छैटौं) ले डोटीका प्रजिअ गोपालप्रसाद अर्याललाई संयुक्त ज्ञापन पत्र बुझाएका हुन् ।
ज्ञापन पत्र बुझाएपछि अनेरास्ववियु केन्द्रिय सदस्य तथा डोटी इन्चार्ज बिर बहादुर बिष्टले नजर अनलाइनसँग कुरा गर्दै भने–‘हामी मुलुकको आर्थिक, सामाजिक, शैक्षिक तथा समग्र विकास, समृद्धि एवं भ्रष्टाचार, विकृति र विसंगती विरुद्ध सबै विद्यार्थी संगठनहरु सधैं एकजुट हुन्छौं । डोटी जिल्लामा पनि सरकारी कार्यालय र स्थानीय तहहरुमा भैरहेको भ्रष्टाचार र सवारी साधन दुरुपयोगबारे ध्यानाकर्षण गराउन अहिलेलाई हामीले प्रमूख जिल्ला अधिकारी ज्यूलाई ज्ञापन पत्र बुझाएका छौं ।’

Возможно, это изображение 11 человек и люди улыбаются
बिदाका दिन र कार्यालय समय बाहिर बिना पास चलाउने सरकारी सवारी साधनहरु नियन्त्रणमा लिनुपर्ने तथा सरकारी कार्यालयमा हुने भ्रष्टाचार नियन्त्रण, नियमन र कारवाही गरिनुपर्ने २ बुँदे माग ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
कानुन विपरित हुने घटनाहरु, भ्रष्टाचार र सरकारी सवारी साधन दुरुपयोगलाई नियन्त्रणमा लिई कारवाही गर्नुपर्ने जिल्ला प्रशासन कार्यालयको दायित्व भएको भन्दै आफ्ना मागहरु सम्वोधन नगरिए र दोषी उपर कारवाही नगरिए संयुक्त विद्यार्थी संगठनहरु थप आन्दोलन गर्न बाध्य हुने ज्ञापन पत्रमा उल्लेख छ ।
ज्ञापन पत्रमा अनेरास्ववियुका डोटी इञ्चाज बिर बहादुर बिष्ट, नेविसंघका डोटी अध्यक्ष दिपेन्द्र बहादुर सिंह, अखिल (क्रान्तिकारी) का डोटी अध्यक्ष प्रकाश जोशी, अनेरास्ववियु (क्रान्तिकारी) डोटी अध्यक्ष टेकेन्द्र बोगटी र अनेरास्ववियु छैटौंका डोटी अध्यक्ष कृष्णा धामीले संयुक्त हस्ताक्षर गरेका छन् ।
ज्ञापन पत्र बुझ्दै प्रजिअ अर्यालले विद्यार्थीले उठाएका मागहरुबारे आफु सकारात्मक रहेको प्रतिक्रिया दिएको विद्यार्थी संगठनहरुले जनाएका छन् ।
यस्तो छ विज्ञप्ती –Возможно, это изображение отрывной талон и текст

Leave A Reply

Your email address will not be published.