डोटीमा भोलि साउन १८ गते करिब १० घण्टासम्म विद्युत सेवा अवरुद्ध हुने

521

साउन १७, डोटी ।
डोटीमा भोलि साउन १८ गते करिब १० घण्टासम्म विद्युत सेवा अवरुद्ध हुने भएको छ ।
नेपाल विद्युत प्राधिकरण डोटी वितरण केन्द्र दिपायलले एक सार्वजनिक सूचना जारी गर्दै बिहीबार बिहान ६ बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत सेवा अवरुद्ध हुने जनाएको छ ।
उक्त समयावधिमा दिपायल ३३/११ के.भि. सबस्टेशन भित्रका पूराना कन्ट्रोल प्यानल हटाएर नयाँ कन्ट्रोल प्यानल जडान गरिने सूचनामा उल्लेख छ । जसका लागि ११ के.भि. राजपुर, सिलगढी र दिपायलका फिडरहरु सटडाउन गरिन लागेको र त्यसबाट पर्ने असुविधा प्रति डोटी वितरण केन्द्रले सूचनामार्फत क्षमा पनि मागेको छ ।
सूचनामा तोकिएको समयभन्दा छिटै प्राविधिक काम सकिएमा दिउँसो ४ बजे अगाडि नै विद्युत सुचारू हुने वितरण केन्द्र प्रमुख शिव शंकर सानीद्वारा हस्ताक्षरित सार्वजनिक सूचनामा जनाइएको छ ।

Leave A Reply

Your email address will not be published.